काठमाण्डौँ । आउँदो चैत्र २९ गते प्रदर्शन हुने फिल्म कर्मा को नयाँ गीत सार्वजनिक भएको छ।
रत्यौली शैलीको यो गीतमा अभिनेत्री उपसना सिंह ठकुरी ले निकै सुन्दर नृत्य प्रस्तुत गरेकी छन्। उनी अभिनयसँगै नृत्यमा पनि पोख्त हुँदै गइरहेको यो गीतले प्रमाणित गरेको छ। तर अभिनेता विपिन कार्की भने निरस मुद्रामा देखिएका छन । कोरियोग्राफर कविराज गहतराजको राम्रो फ्रेमिङ र फिनिसिङमा तयार गीतले गीत मात्र भनेको छैन फिल्मको कथामा केही हुँदैछ भन्ने झल्को समेत देखाएको छ ।
सुष्मा सिग्देलको शब्द रचनामा तयार गीतमा सलिना विकको मिठास पूर्ण आवाज छ भने संगीत चाँहि भास्कर स्वारको हो । यो गीतको भिजुअल निर्माणमा निर्देशक सौरभ चौधरी र निर्माता बसन्त लम्सालले कम्रमाईज गरेको देखिन्न । कोरियोग्राफरको कन्सेप्टलाई अभिनेत्री उपसनाले मज्जाले निर्भाह गरेकी छिन । उनी अभिनय त राम्रो गर्छिननै डान्स पनि अझ पोख्त गर्दिरहेछिन भनेर यो गीतले प्रमाणित गरिदिएको छ ।
गीतको कोरियोग्राफी सहित भिजुअल सेटअप सुन्दर छ तर अडियो अलि स्लो छ । तसर्थ मार्केटमा यो गीत कसरी भाइरल होला त्यो चाँहि प्रतिक्षाको बिषय रहनेछ ।
गीतमा यस फिल्मका अर्का अभिनेता मुकुन भुषाल बेहुला बनेका छन जुन सिक्वेन्समा यो गीतको भिजुअलाईजेशन रोचक ढंगमा गरिएको छ । हेर्नुस गीत
News Filmy Newsportal / Nepal