फिल्म क्षेत्रको थेगिनसक्नु गतिविधि : कन्टेन्ट माथि कन्टेन्ट पढ्ने कसले हेर्ने कसले ?

काठमाण्डौँ । नेपाल फिल्म नगरी अब आउट अफ क्यापासिटी हुन लाग्यो। वर्ष २०८१ सकिन धेरै दिन बाँकी छैन, तर गतिविधिहरू यति धेरै भइरहेका छन् कि कन्टेन्ट माथि कन्टेन्ट सार्वजनिक भइरहँदा ईन्डष्ट्री मात्र हैन पाठक र दर्शकहरू समेत थेग्न नसक्ने अवस्थामा पुग्दैछन्।

यस भिडमा, २०८२ सालको दशैंसम्म प्रदर्शनमा आउने फिल्महरूको बारेमा मात्र जानकारी छैन, साथै बन्न लागेका नयाँ फिल्मका लागि कलाकार अडिसनका समाचार पनि सार्वजनिक भएका छन्। सानो देश र थोरै जनसंख्या भएको नेपालमा मनोरञ्जन क्षेत्रको गतिविधि यस्तो छ कि चीन र भारतको जनसंख्यालाई समेत पुग्ने गरी खबरहरू सार्वजनिक भैरहेका छन्।

हरेक दिन कुनै न कुनै कार्यक्रम, गीत, फिल्मको टिजर, ट्रेलर, पोष्टरहरू सार्वजनिक हुँदा एउटा गतिविधिले अर्को गतिविधिलाई ओझेलमा पारिरहेको छ। एउटा सृजना पछाडि अर्को सृजनाले ठाउँ लिँदा सृजनाको वास्तविक महत्व घट्दै गएको देखिन्छ। यो अवस्था आगामी वर्ष झनै बढ्दो रहनेछ। फिल्म क्षेत्रका मिडियाहाउसहरूले पनि सानो टिम र थोरै स्रोत साधनमा धेरै गतिविधि समेट्नुपर्ने बाध्यता भोगिरहेका छन्। यस कारण फिल्म नगरीको गतिविधिहरूलाई समिक्षा गर्न आवश्यक छ। फिल्ममेकरहरूले आफ्नो निर्णयमा कोलाज गर्नुपर्ने अवस्था आएको छ भने मिडियाले पनि आफ्नो दायरा बढाउनु पर्ने देखिन्छ।

तसर्थ पछिल्लो ४८ घण्टामा फिल्म नगरीमा भएका गतिविधिहरू र सार्वजनिक भएका समाचारलाई हामी पाठकको समयलाई ध्यानमा राख्दै, सबै जानकारीलाई एउटै खबरमा संक्षिप्त रूपमा प्रस्तुत गर्ने निर्णय गरेका छौँ। किनकि यहाँ मिनेटको अन्तरालमा कन्टेन्ट माथि कन्टेन्ट सार्वजनिक हुँदै गर्दा, “हेर्ने कसले, पढ्ने कसले, कति पढ्ने” भन्ने जोखिम बढिरहेको स्पष्ट देखिन्छ। सुरु गरौँ होस्टेल ३ को खबरबाट

१) होस्टेल ३ लाई सिरिजकै उत्कृष्ट प्रतिक्रिया : व्यापार पनि सुखद :  हिजो बाट प्रर्दशनमा आएको होस्टेल – ३ ले सकारात्मक प्रतिक्रिया पाउँदै यस ब्रान्डकै सवै भन्दा अब्बल प्रतिक्रिया पाएको खबर छ । कलाकार देखि निर्देशक अनि निर्माणमा समेत नयाँ टिमले बनाएको यो फिल्मको व्यापार समेत सुखद छ । फिल्मले राम्रो रिभ्यू पाएसँगै दर्शकसँग खुशि साट्न कलाकारहरुको दौडधुप हलहलमा देखिएको छ । यसैगरी यो फिल्ममा समावेश नयाँ गीत आजै रिलिज भएको छ । राज्जा रानी बोलको गीतमा मोडल आश्मा विश्वकर्मा फिर्चड छिन । 

२) आउट ल दफा २१९ को ओर्जिनल साउन्ड ट्रयाक सार्वजनिक :  टिजर र ट्रेलरबाट अत्यन्त राम्रो प्रतिक्रिया बटुलिरहेको फिल्म आउट ल दफा २१९ को ओर्जिनल साउन्ड ट्रयाक सार्वजनिक भएको छ । आगामी हप्ता देखि प्रर्दशनमा आउँने यो फिल्मको ‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि आक्रोश पोखेको छ । कानुन अन्धो हुँदा देशमा नारीको अस्मिता कसरी लुटिएको छ भन्ने गीतमा आवाज बोलिएको छ । मिस्टर डीले तयार पारेको यो गीतमा उनकै र्याप र संगीत छ । नितु पुनले पनि गीतमा स्वर दिएकी छिन् ।
सुशिल क्षेष्ठको स्टारडमलाई माथि पुर्याउने अपेक्षा गरिएको यो फिल्मलाई विक्की महर्जनले लेखन तथा निर्देशन गरेका हुन् । 

३) भूठानले ल्यायो कागजको खोस्टो : यसैगरी हरिवंश आचार्यको शीर्ष भूमिकामा रहेको फिल्म भूठानको कागजको खोस्टो बोलको गीत बजारमा सार्वजनिक भएको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजलीको शव्द र वाचन साथै रिदम कँडेलको संगीत संयोजन, रहेको गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ । फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन जसले फिल्म नगरीमा राम्रो फिल्म बनाउँन सक्छन भन्ने छाप छाडेका छन । शायद त्यहि भएर होला यो फिल्मको टिजर र गीतलाई पनि एउटा छुट्टै प्रकारको स्यावासी मिलिरहेको ।  २०८२ सालको वैशाख १२ गते देखि प्रदर्शनमा यस फिल्ममा भुटानदेखि भारत,नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा प्रस्तुत भएको निर्माण टिमले दावी गरेको छ । 

 ४) दिव्याको नयाँ फिल्मको अडिसन कल 
एक्टर फिल्मबाट डेब्यू गरेकी अभिनेता दिलिप रायमाझीकी छोरी दिव्याले खेल्न लागेको नयाँ फिल्म माया प्रीति अडिसन कल आह्वान गरेको छ । । फिल्मका निर्देशक विक्की श्रेष्ठले दिईएको जानकारी अनुसार फिल्मको मुख्य अभिनेता, नेगेटिभ भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार, साथै अन्य सहायक भूमिकाका लागि अडिसन खोलिएको हो ।

। अडिसनमा सहभागी हुन ९७००६१७४३४ नम्बरमा रहेको ह्वाट्सएपमा सम्पर्क गर्न सकिनेछ । अडिसनमा सहभागिताको लागि इच्छुकले आफ्नो बायोडाटा, फोटोहरूसँगै १ देखि ४ मिनेटसम्मको अभिनयको भिडियो क्लिप पठाउनुपर्नेछ ।

 ५ ) ‘बलिदान’को प्रमुख नारी पात्र ‘किरणको लुक सार्वजनिक  : फिल्म निर्माण देखि नै ठूलो बज क्रिएट गरिरहेको फिल्म बलिदानको प्रमुख नारी पात्र किरणको अफिशियल जानकारी दिने उदेश्य सहित निर्देशक सन्तोष सेनले हिरोइनको पोष्टर सार्वजनिक गरेका छन । आगामी दसैँको फूलपातीमा रिलिज हुने ‘बलिदान’ को प्रमुख नारी पात्रमध्ये एक ‘किरणु पात्रमा नव अभिनेत्री कविता रायले अभिनय गरेकी छन् । केही म्यूजिक भिडियोहरुमा यस अघि नै देखिसकेकी मोडल कविता मधेसी समुदायबाट प्रतिनिधित्व गर्छिन जसको आवारण, बोल्ने लवज फिल्मको किरण पात्रको लागि आवश्यक पर्ने खालको सुहाएको भन्दै अडिसनबाट पास गरिएको दावी गरिएको छ । अभिनेता समीर भट्ट प्रमुख भूमिकामा रहेको यो फिल्ममा समीर र कविताका अलावा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

६) धरान प्रिमियरमा अञ्जिलालाई राम्रो प्रतिक्रिया : यसैगरी आगामी हप्ता प्रर्दशनमा आउँने फिल्म अञ्जिाले शुक्रबार धरानको फ्रेन्डस सिनेममा आयोजना गरेको प्रिमियर सोमा निकै राम्रो प्रतिक्रिया पाएको छ । मिलन चाम्स निर्देशित यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । फिल्मको हङकङ, कोरिया र बेलायतमा सफलतापूर्वक प्रिमियर भइसकेपछि नेपालमा पहिलो पटक धरानमा प्रिमियर गरिएको थियो जहाँ फिल्मले नेपालको एम एस ध्वनी भन्दै पाहुनाहरुबाट सुखद प्रतिक्रिया पाउँदा निर्माता प्रेम कुमार श्रेष्ठ र निर्देशक चाम्स निकै हर्षित थिए । फिल्मको शीर्ष पात्रमा स्वयम एन्जिला सहित सहायक पात्रमा दयाहाङ राई बुद्धी तामाङसृजना सुब्बा लगायतका कालकारहरु छन ।

 

७) राजागंजकीअभिनेत्री फ्रिबर्ग महोत्सवको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित :  आउटल : दफा २१९ र अञ्जिला रिलिजको भोलि पल्टै चैत्र १ गतेबाट प्रदर्शन मा आउँने फिल्म ‘राजागंज’की मुख्य अभिनेत्री आशा मगराती स्विट्जरल्याण्डको प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको अन्तर्राष्ट्रिय जुरी सदस्यमा मनोनित भएकी छिन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फ्रिबर्ग अन्तर्राष्ट्रिय सिनेमा महोत्सवले आफ्नो वेबसाइटमार्फत अभिनेत्री मगरातीलाई जुरी सदस्यमा मनोनित गरेको जानकारी दिएको हो ।

‘राजागंज’ यो महोत्सवमा सन् २०१७ मा उनको अभिनय रहेको ‘सेतो सूर्य’ले ४ अवार्ड जितेको थियो । चैत १ गते नेपालमा राजागंज रिलिज भएपछि आशा महोत्सवका लागि स्विट्जल्याण्ड उड्ने छिन् । यतिबेला उनी ‘राजागंज’को प्रचारमा व्यस्त छिन् । भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका चर्चित फिल्म महोत्सवमा राम्रो प्रभाव देखाएको यो फिल्मलाई दीपक रौनियारले निर्देशन गरेका हुन जसको सार्वजनिक ट्रेलरले यतिखेर निकै सुखद प्रतिक्रिया पनि पाईरहेको छ । फिल्ममा आशासहित दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।

यसैगरी राजागंजको ईन्द्रेणी बोलगीत पनि आजै सार्वजनिक भएको छ । गीतमा समारिका फुयाल र प्रवेश मल्लिकको आवाज छ ।

 

८) द्रौपतीको ट्रेलर रिलिज : यसैगरी कर्णालीको अर्को कथा बोकेर बनाईएको फिल्म द्रौपदीको पनि ट्रेलर रिलिज भएको छ । आगामी चैत्र ८ गते प्रर्दशनमा आउँने फिल्मलाई ऋषि राज आचार्यले निर्देशन गरेका हुन जहाँ गायक रवि ओड देखि नव कलाकारका रुपमा अश्विनी शाही, देखि निर्देशक आचार्य सम्मको प्रमुख भूमिकामा छन । यो फिल्म यस महिना जर्मनीको अनलाइन फिल्म फेस्टिभल ‘प्याराडाइज’मा छनोट भएपछि केही चर्चित बनिरहेको छ ।

९) कमेडी दरबारका कलाकार पाहुना र निर्माता निर्देशक विरुद्ध साइबरमा उजुरी : यसै गरी फिल्म नगरीमा कमेडी दरबारका कलाकार सुन्दर खनाल सहित निर्माता श्रद्धा प्रसाई, निर्देशक विक्की अग्रवाल र प्रर्दशनरत फिल्म लाज शरणमको प्रचार गर्न २६ औँ एपिसोडमा पाहुना बनेर पुगेका कलाकार सागर लम्साल (बले) र उनकी श्रीमती सहितलाई विपक्षी बनाउँदै एक चर्चित टिकटकर महिला कलाकारहरले साइबर ब्यूरोमा निवेदन दिएकी छिन । २६औँ एपिसोडमा भएका गतिविधि र कलाकारहरुको प्रस्तुती मन नपरेको भन्दै ती चर्चित टिकटरले साईबरमा निवेदन दिपछि निर्देशक विक्की अग्रवाल तनावमा परेका छन ।

१०) लामो अन्तरालपछि  सार्वजनिक कार्यक्रममा देखिईन नम्रता श्रेष्ठ :  अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणपछि गुमनाम जस्तै रहेकी अभिनेत्री नम्रता श्रेष्ठ लामो अन्तरालपछि  सार्वजनिक कार्यक्रममा देखिएकी छिन् । धुलिखेल नगरपालिकाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार आयोजना गरेको छलफल सत्र र सम्मान कार्यक्रममा उनी अतिथिको रुपमा सहभागि भएकी थिइन् ।

८) सल्लाघारीमा सुशान्तको  कन्सर्ट : यसैगरी आज भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट भईरहेको छ । साढे २ वर्षपछि ‘सुशान्त केसी लाइभ इन नेपाल’ मार्फत उनी दर्शकमाँझ गुञ्जिँदैछन् । कन्सर्टमा सुशान्तले बार्दली, सारंगी, साथी र आमा लगायतका दर्जनबढि गीत दर्शक तथा श्रोतामाझ प्रस्तुत सुशान्तका अनुसार दर्शकले सो अवसरमा एक नयाँ गीत सुन्न पाउनेछन् ।