काठमाण्डौँ । महाशिवरात्रिको अवसरमा तीन नेपाली फिल्महरू एकै मितिमा प्रदर्शन हुन लागेका छन्। दर्शकहरूको ठूलो चासोका बीच, ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायाबी’ एउटै दिन रिलिज हुने भएकाले बक्स अफिसमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ।
यस भिडन्तमा सबैभन्दा लामो फिल्म ‘लाज शरणम्’ रहेको छ। यसको कुल अवधि २ घण्टा ४१ मिनेट रहेको छ भने, ‘फेरि रेशम फिलिली’ २ घण्टा २१ मिनेटको छ। ‘मायाबी’ पनि २ घण्टा २२ मिनेट रहेको छ । मायावी र रेशम फिलिलीको लम्बाई अन्तर एक मिनेट मात्र फरक छ । तसर्थ कुनै एक दर्शकले तीनै फिल्मलाई एकै दिन हेर्न चाहेको खण्डमा फिल्मका लागि ७ घण्टा २४ मिनेट समय छुट्याउनुपर्ने हुन्छ, त्यो पनि आँखा झिमिक नगरी !
यि तीन फिल्मका टिजर , ट्रेलर, र गीतलाई युट्युबमा प्राप्त भ्यूज हेरेर मापन गर्ने हो भने मायावीको ट्रेलरमा १८ लाख , लाज शरणमको टिजरमा १४ लाख र रेशम फिलिलीको टिजरमा १ लाख ७४ हजार र ट्रेलरमा २ लाख ६७ हजार भ्यूज देखिएको छ ।
गीत तर्फ रेशम फिलिलीको ग्रीन काडैमा गीतमा ५ लाख प्लस र रिमेक गीतमा फेरी जालमा लाई भने ४८ लाख भ्यूज आएको देखिन्छ । लाज शरणमको लागि भनेर बालेन शाहले बनाईदिएको गीतमा ४२ लाख भ्यूज देखिएको छ भने अर्को प्रोमोश्नल गीत हेर्दा हेर्दैमा १८ लाख मात्र भ्यूज प्राप्त भएको देखिन्छ । यसैगरी मायावीका ३ गीत निस्किएका छन सितारा जडेकोमा ५ लाख ४० हजार प्लस भ्यूज देखिएको छ भने टल टल टल्कियोमा करिब ८ लाख र तीन दिन अघि सार्वजनिक भएको विन्दुवासीनि गीतमा १ लाख प्लस मात्र भ्यूज छ ।
यध्यपी , तीन फिल्ममध्ये कुनले दर्शकको मन जित्ला र बक्स अफिसमा राम्रो व्यापार गर्ला भन्ने कौतुहलता भने मिडिया माँझ बढ्दो छ । स्टारकास्ट, कथा, संगीत र मार्केटिङका हिसाबले यी फिल्महरू आ-आफ्नै विशेषता बोकेर आएका छन् तर जति हल्ला र चर्चा हुनुपर्ने हो त्यो मापन पूरा गर्न भने यि तिनै फिल्म धेरै स्थानमा चुकेका छन । तसर्थ दर्शकको रोजाइमा कुन फिल्म पर्ला, त्यो भने हेर्न बाँकी छ।
News Filmy Newsportal / Nepal