फेरी रेशम फिलिलीको रमाईलो टिजर सार्वजनिक तर महाशिवरात्रीको जोखिम कति ?

काठमाण्डौं । रिलिज पछि फिल्म कतिको पानीमा छ त्यो कुरा पछिनै गरौला तर सार्वजनिक भएको फेरी रेशम फिलिलीको टिजर चाँहि रमाईलो प्रकृतिको निस्किएको छ ।

केही बेर अघि सार्वजनिक भएको टिजरमा अमेरिका जाने एक युवकको रोचक प्रसंग देखाईएको छ जहाँ विनय श्रेष्ठ मुख्य भूमिकामा छन । टिजरको कटिङ, दृश्य चयन र सम्पादनलाई हेर्दा फिल्मको मेकिङ स्टाइल र प्रोडक्सन भ्यालु राम्रो देखिएको छ । नीर शाहको उपस्थितीले फिल्म वजनदार बनेको छ भने लक्ष्मी गिरी र कामेश्वर चौरासियाको प्रस्तुती रोचक देखिएको छ ।

आगामी फाल्गुन १४ गते महाशिवरात्री देखि प्रर्दशनमा आउँने यस फिल्ममा हिरोइनको भूमिकामा सुपुष्पा भट्ट छिन भने कमेडी क्षेत्रका नयाँ प्रतिभा मेक्सम गौडेलको उपस्थितीले पनि फिल्म रमाईलो बनेको अनुमान हामीले गरेका छौँ । 

जोखिम यति मात्र हो कि फाल्गुन १४  को मितिमा यो फिल्म सहित अन्य दुई फिल्म मायावीलाज शरणम पनि रिलिज हुँदैछन तसर्थ दर्शकले कुन फिल्मलाई पहिलो प्राथमिकतामा राख्ने हुन त्यो भने सोचनिय छ । फेरी रेशम फिलिलीका निर्देशक निरोज महर्जन हुन  । हेर्नुस टिजर