लाज शरणमको प्रोमोश्नल गीत सार्वजनिक तर अरु भन्दा फरक चाँहि के ?

अनुप भट्टराई

काठमाण्डौँ । पोष्टर र टिजरबाट अत्यन्त लोकप्रियता हासिल गरिरहेको फिल्म लाज शरणमको प्रोमोश्नल गीत सार्वजनिक भएको छ ।

हटिया र मेलाको झल्को दिने सेटअपमा खिचिएको गीतमा फिल्मका प्राय सवै कलाकार देखिएका छन । बरिष्ठ रचनाकार आनन्द अधिकारीको शब्द रचनामा तयार गरिएको गीतमा कृष्ण भारद्धाजले संगीत भरेका छन भने आशिष अविरल र शान्तिश्री परियारको युगल गायन छ । कोरियोग्राफी गम्भिर बिष्टले गरेका हुन ।

सर्सर्ती हेर्दा यो गीत राम्रो छ । गीत सुन्दा शब्दहरू सरल र प्रवाहयुक्त लाग्छन्, र संगीतमा पनि एक प्रकारको आकर्षण छ। तर यो फिल्मको टिमले प्रोमोश्नल गीत यो भन्दा फरक प्रकृतिको चयन गरेको भए सुनमा सुगन्ध हुने थियो । कुन आधारले प्रोमोश्नल गीत ? के सवै कलाकार एउटै फ्रेममा देखिदैमा प्रोमोश्नल हुने हो वा कथाको मुड अनुसार प्रोमोश्नल गीत तयार गर्ने हो प्रश्न चाँहि खडा गरिदिन्छ ।

किन कि लाज शरणम माथि दर्शकको धेरै ठूलो अपेक्षा छ  । समग्रमा भन्नू पर्दा यो गीतलाई हामीले नराम्रो भन्न खोजेका पटक्कै हैनौ तर लाज शरणमका कन्टेन्ट माथि जे जसरी वाउ , एक्सिलेन्ट, बबाल भनेर मार्केटमा चर्चा भईरहेको छ यो गीतको सन्दर्भमा त्यस्तो नयाँ खतरनाक पक्ष चाँहि भेटिएन भन्न खोजेका मात्र हौं ।  बजारमा आउँ जाउँ गरिरहेका गीतहरु भन्दा पृथक छैन गीत । करिब उस्ता उस्तै ।   

भिडियोको सन्दर्भमा धेरै फोकस नहौं । बर्षौ देखि चलि आएकै सेटअप हो । नेपाली फिल्म मेकरको आईडिया हटिया मेला भन्दा बाहिर निस्किन सकेको छैन अझै । यध्यपी निर्माण पक्षले राम्रै खर्च गरेको देखिएको छ । काम गर्नेहरुले काम गरेका छन तर शब्द जाल बुनेर तारिफ गर्नुपर्ने नयाँ पक्ष चाँहि खासै छैन ।

स्मरण रहोस । खुश्माको रुकुम मैकोट गीत लाई सम्झिने हो भने  भिजुअल पक्ष कमजोर भएर पनि  अडियोले यस बर्षकै सवै भन्दा छिटो दश करोड भ्यूज कटाउँने गीतका रुपमा आफ्नो नाम लेखाईसक्यो । तसर्थ हाम्रो भनाई यति मात्र हो लाज शरणमको प्रोमोश्नल भनिएको गीत राम्रै छ तर अरु भन्दा फरक चाँहि के ?  भन्ने  प्रश्न मात्र हाम्रो रह्यो ?  फाल्गुन १४ गते देखि प्रर्दशनमा आउँने फिल्मको गीत यस्तो बनेको छ हेर्नुहोस ।