रुकुम मैकोट गीतलाई अद्भुत सफलता : पाँच महिनामा १० करोड भ्यूज नघायो

 काठमाण्डौँ ।  गत भदौं ९ गते सार्वजनिक भएको खुश्मा फिल्ममा समावेश गीत रुकुम मैकोटले युट्यबुमा अद्भुत सफलता पाएको छ ।

यस गीतले रिलिजको पाँच महिना (१ सय ६६ दिनमा)  १० करोड भ्यूज नघाएको हो । यो बर्ष, २०८१ बैशाख देखि  माघ महिना सम्ममा प्रर्दशनमा आएका जति पनि नेपाली फिल्म तथा गैर फिल्मी गीतहरु छन ती गीतहरुको भिडमा रुकुम मैकोट हाल सम्मको सर्वाधिक भ्यूज पाउँने गीतमा पर्दछ ।

यसको पछि–पछि रुकुम मैकोट भन्दा पाँच दिन अघि मात्र रिलिज भएको शान्तारानी परियारको मत ढले ढले गीत पौने ६ करोड भ्यूज पाउँदै दोश्रो नम्बरमा देखिएको छ ।

तेश्रो नम्बरमा, अत्याधिक भ्यूज कमाउँने गीतमा सुशान्त केसीको बार्दली गीत छ ।  रिलिजको ३ महिना १० दिनमा ४ करोड ९३ लाख भ्यूज बटुल्न सफल यस गीत केही दिनमै पाँच करोड क्लवमा प्रवेश गर्ने गीत बन्दैछ ।

यता रुकुम मैकोटको कुरा गर्नु पर्दा सामान्य कोरियोग्राफीमा बनेको गीतको भ्यूज सुरुवाती चरणमा सामान्य नै थियो तर जव अभिनेता धीरज मगरले यो गीतलाई आफ्ना सेलिब्रेटी साथीहरुसँग टिकटक भिडियो बनाउँदै पब्लिसिटी गर्न थाले तव यो गीत भाइरल भईदियो । 

मिठो गायन शैली, चट्ट बुझिने शब्द र सिम्पल म्यूजिकले दर्शकको मन तान्न थाल्यो त्यसपछि यो गीत नबज्ने ठाउँ देखिएन । कमजोर भिजुअल सेटिङका वावजुत पनि अडियो पावरले गीतलाई माथि उकास्यो ।

सुरेन्द्र रानाको शब्द, शान्तिश्री परियारको फिमेल भोकल र संगीतकार एस.डी योगीको संगीत र उनको मेल भोकलमा यो गीत तयार भएको हो । गीतको कोरियोग्राफी चाँहि सुरेन्द्र राई, सुशन तामाङ र शेखर घर्ती मगरले गरेका हुन । फिल्मको मुख्य हिरोइन चाँहि उपसना सिंह ठकुरी हुन ।

अशोक थापा मगरको निर्देशनमा बनेको खुश्मा यहि गीतको लोकप्रियताका कारण बर्ष २०८१ मा प्रर्दशनमा आएका सफल फिल्महरु मध्ये एकमा पनि पर्न  सफल भयो । शायद यहि गीतको पावरले होला खुश्मा हेर्न दर्शकको उपस्थिती बाक्लो थियो रिलिजका बेला ।

0

User Rating: Be the first one !