काठमाण्डौँ । लोकप्रिय हाँस्य अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मित्रताको बयान कसरी गर्न सकिन्छर ? यि दुई यस्ता तारा भईसके जसको मित्रता र सफलताको कथालाई महाकाब्यमा पनि उतारेर उतार्न सकिन्न ।
रिटायर्ड हुने उमेरमा यि दुई अझै त्यस्तै सक्रिय छन जसको सक्रियता देखेर लक्का जवानहरुले पनि डाह गर्ने गर्दछन । हाल यि दुई फरक फरक लोकेशनमा फिल्माकंन भईरहेको फिल्ममा व्यस्त छन । संयोग यसरी जुरेको छ कि एक एकै समयमा यि दुईको फिल्मी यात्राले पुनः सक्रियता लिएको छ ।

नव- निर्माताका रुपमा होमिएका सरोज ओलीसँग हरिवंशका छोरा मोहितले लगानी साँझेदारी गर्दै बनाईरहेको फिल्म हरिवहादुरको जुत्ताको भक्तपुर स्थित सूर्यविनायक मन्दिरमा शुभमुहूर्त भईरहदा मदनकृष्ण भने निर्देशक तुलसी घिमिरेको ड्रीम प्रोजेक्टका रुपमा हेरिएको फिल्म पहाडको छायाँकन स्थल गोरखा पुगिसकेका थिए ।
अघिल्लो दिन बैशाख २१ गते सोमबार विहान भक्तपुरमा रहेको सूर्यविनायक मन्दिरमा हरिवहादुरको जुत्ताको मुहूर्त सुरु भईरहदा उता मदनकृष्णले भोलि बिहान २२ गते हुने पहाडको शुभ मुहूर्तका लागि कस्तो डाइलग बोल्न भनेर छोरा बुहारीसँग संवाद अभ्यास गरिरहेका थिए ।
संयोग यस्तो रह्यो कि अलग अलग ठाउँमा रहेर फरक फरक प्रोजेक्टमा काम गरिरहेका यि दुई पहिलो सेड्यूल करिव उस्तै उस्तै रहयो । यता हरिवंशले जन्मथलो काभ्रेको पनौति स्थित शंखुबाट फिल्मको पहिलो सट दिएका थिए भने उता मदनकृष्णको सिनबाट तुलसी घिमिरेले फिल्मको छायाँकन प्रारम्भ गरे ।

सँगैका साथी कहिले नछुट्ने यि यस पटक फरक फरक फिल्ममा देखिदैछन । केही एकाध फिल्ममा अलग अलग तरिकाले देखिसकेका मह जोडीको फिल्मी सक्रियता यस पटक पृथक छ । पहाड सके लगत्तै विरामी शरिर बोकेर मदनकृष्ण परानको छायाँकनका लागि धनकुटा जादैछन ।
हरिवहादुरको जुत्ताको शीर्ष भूमिकामा हरिवंशनै रहेका कारण परानको छायाँकन चलुन्जेल हरिवंश करिब ४५ दिन सम्म यहि फिल्मको सुटिङमै व्यस्त रहने छन ।

हरिबहादुरको जुत्ता दीपेन्द्र के खनालले निर्देशनमा बनिरहेको छ जसको मुख्य भूमिकामा स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, मुरलीधर, किरण केसी सहित निर्मल शर्मा, रोशनी सापकोटा, पार्वती अधिकारी, कमलमणी न्यौपाने, रविन्द्र झा, सीता न्यौपाने, दिनेश काफ्ले, दिव्य देव , वेगम नेपाली भटभटे माइला र किसमिसका रुपमा चिनिन थालेका कमेडियन विकास अर्याल लगायतका जम्बो कलाकारहरुको टिम छ ।
फिल्मलाई कृष्ण थापाले खिचिरहेका छन भने कोरियोग्राफरको भूमिकामा मौसम हिमाली र किरण थापा अनुबन्ध भएका छन । फाइटमा राजकुमार उप्रेती, संगीतमा दीपक शर्मा, गायनमा मेलिना राई लगायत छन ।

उता पहाडमा भने तुलसी घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमीलाई अभिनेत्रीका रुपमा डेब्यू गराउँदै विपिन कार्की, अरुण क्षेत्री, सुनील थापा सहित मदनकृष्णलाई पृथक रोलमा खेलाउँदैछन ।
हरिबहादुरको जुत्ता टिमको तस्बिरहरु





News Filmy Newsportal / Nepal