काठमाण्डौँ । कुशल कलाकार समेत रहेका निर्माता तथा निर्देशक अशोक शर्माले ‘डबल ट्रिपल ‘ नामक फिल्म बनाउँने भएका छन ।
न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारी अनुसार शर्माले दयाहाङ राई र मिरुना मगरलाई मुख्य भूमिकामा लिएर उक्त फिल्म बनाउँने तयारी गरेका हुन ।
हाल लोकेशन हन्टिङका लागि पूर्वका जिल्लाहरुमा रेकि गरिरहेका शर्माले आउँदो चैत्र देखि फ्लोरमा जाने गरी फिल्मको लोकेशन खोजिरहेको बताईएको छ । उनको निर्माण तथा निर्देशनमा बन्न लागेको डबल ट्रिपलको दर्ता चलचित्र बिकास बोर्डमा भईसकेको छ जहाँ मुख्य कलाकारमा दयाहाङ राई र मिरुना मगर उल्लेख गरिएको छ । शर्माको फिल्मलाई आलोक शुक्लाले खिच्नेछन । प्रोडक्सन हेड नगेन्द्र घिमिरे लाई बनाईएको छ ।
यसैबीच, यो बर्ष नेपाली फिल्म उद्योगमा निर्माण अनुमति लिने फिल्महरूको संख्या ह्वात्तै बढेको छ। पछिल्लो ९ महिनामा १ सय ३८ फिल्मले इजाजत लिएका छन्, जसमा ‘जारी – २’ ,१२ गाउँ -२, ड्यानी डेन्जरस लगायतका बहुप्रतिक्षित फिल्म छन्। माघ महिना सुरु भएसँगै अझ बढी फिल्म दर्ता हुने अवस्था देखिएको छ जसले २०८२ सालमा ठूलो भिडन्त निम्त्याउने देखिन्छ।
गत बैशाख देखि पौष महिना सम्म चलचित्र बिकास बोर्डमा दर्ता भएका फिल्महरुको लिष्ट निम्न प्रकार छ । जस मध्ये केही रिलिज भईसकेका छन भने केहीको निर्माण घोषणा मात्र भएको छ ।
पौष महिनामा इजाजत लिएका १८ फिल्महरू
- कु
- जारी २
- पाला
- जनै हराएको बाहुन
- परिवारको कथा
- नव क्रान्ति
- १२ गाउँ २
- भाग्य रेखा
- द क्लाइन्ट
- मैदान
- राक्षस
- कुसुमे रुमाल
- मिटर व्याज
- गाउँ खाने कथा
- तामाङला कोला
- विजुवा
- पीआर
- भूठान
भदौदेखि मंसिरसम्म इजाजत लिएका ६२ फिल्महरू
- एभ्रिथिङनेस
- ममी
- नामओती
- गुरु आमा
- मालती
- ज्ञान शास्त्र
- देवी
- खुला आकाश
- हरिबहादुरको जुत्ता
- द याक हर्डर
- ड्यानी डेन्जरस
- अज्ञात
- गथांमुग
- लालिमा
- राइमती
- डी.एन.ए
- सुर्य विक्रम
- रात्तो घाम
- तवाबा
- असर्फी
- नन्की
- मन विनाको धन ठूलो कि धन विनाको मन
- दिया लाइट
- हाङ तामाङ
- बुबा
- रमिताको पिरती
- गौरी शंकर
- सिलसिला
- एक रात
- क्योई साँ
- सोनम डोल्पा
- हाम्रो बाग्मतीकी रानी
- फन फनी घुमेर
- जेरी
- पुष्पलता
- कर्मा
- को हुँ म
- स्टुडेन्ट चेतना भन्या
- सिक्का
- माग्ने राजा
- ख्या
- मर्दन
- कसलाई आफ्नो भनु
- एफिेन्ट्स इन द फग
- अन्धपथ
- घर फर्किरहेका चराहरु
- श्रीमान् श्रीमती
- ताराहरु
- कुस्ती
- परालको आगो
- रंगी
- बडा दशैं
- द प्रोफेशनल गाइज
- खलनायक द रिभेञ्ज
- मिसन ८४
- हर्ष
- चिठ्ठा
- लामा
- दशमी
- प्रेमगीता
- विद्रोह
- तिन तारा
वैशाखदेखि साउनसम्म ५७ फिल्मले इजाजत लिएका थिए, जसमा:
- होस्टेल ३
- महाराजधिराज
- भड्केलो
- लगन
- बोक्सीको घर
- लडाइ पहिचानको
- लेबर
- बा मेरा बा
- बसन्त
- मेयर सिंह
- जन्ते बाख्रो
- भद्रे जी
- मोहर
- छक्का पन्जा ५
- लाइफ ड्यामेज
- श्री बुकुरो
- आउटल दफा २१९
- प्रारब्ध
- वन रक्षक
- पेन्सन पट्टा
- ढ्याङ्ग्रो
- माइली
- भागदौड
- भाइरल गोर्खे
- किसान
- मण्डप
- एक बिसौली
- दाया बायाँ
- निशब्द
- चाडै फर्कि आउ
- सःस
- शुक्र र शनी
- प्यार के लिए
- तै चुप मै चुप
- मल्लिका–द लेडी किल्लर
- बम बहादुर
- तमासा
- पेपर म्यारिज
- एक नगरी
- हन्टर
- हाङ
- हनि बनी
- परान
- जुनकिरी–मि त्यो
- एकम्
- ज्योज्यो
- अ प्लेस अण्डर द सन
- आर्शिवाद
- नरसिंहा अवतार
- सोरठी
- लंगुर बुर्जा
- के घर के डेरा नम्बर २
- खोटो
- कालमान्डु
- डबल ट्रिपल
News Filmy Newsportal / Nepal



