दुखी आत्माको गीत : अडियो राम्रो तर भिडियो ?

काठमाण्डौँ । अब हामी दृश्य भाषामा धेरै बोल्दैनौ होला । बोल्दा बोल्दा थाक्न लागिसक्यौं । भन्दा भन्दा स्वरनै भासिन लागिसक्यो ।

समय कहाँ देखि कहाँ पुगिसक्यो । तर केही फिल्मका गीतलाई छाड्ने हो भने धेरै जसो नेपाली फिल्मकर्मीको भिजुअल प्रोडक्सनमा दुई रुपैयाँको प्रगति भएको छैन । अझ  गीतको भिडियो प्रोडक्सनमा त एक रुपैयाँको प्रगति छैन । तसर्थ भिजुअल पक्षलाई समीक्षा नगर्ने हो भने दुखी आत्माको गीतको अडियो निकै राम्रो छ । रोमान्टिक नम्बरको गीतको शब्द,संगीत गायन र लय स्वीट सिम्पल छ ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको यो  फिल्मको सार्वजनिक गीतको कोरियग्राफी रामजी लामिछानेले गरेका हुन जहाँ दयाहाङ राई र आँचल शर्मा फिचर्ड छन ।

ईश्वर कार्कीको मिठा-मिठा शब्द तथा संगीतमा केतन क्षेत्री र मुना ठटालको स्वर राम्रो सुनिएको छ ।  । फिल्म फाल्गुन २ गते देखि रिलिज हुँदैछ जसको टिजरको चर्चा निकै राम्रो छ मार्केटमा ।