जुनाको मार्मिक ट्रेलर : फिल्मले कति रुवाउला ?

काठमाण्डौँ । बाल विवाहको बिषयमा बनेको फिल्म जुनाको मार्मिक ट्रेलर  निस्किएको छ ।

जीवन सेन्चुरीको निर्देशनमा बनेको फिल्ममा अस्मिता ढकालले जुनाको केन्द्रीय भूमिका निर्वाह गरेकी छिन । देशभक्त खनाल र रश्मि भट्ट जुनाको बा आमाको भूमिकामा छन । जुना ऋचा शर्माको सारंग र प्रियंका कार्की फिल्म ममीका माघ २५ गते देखि  प्रर्दशनमा उत्रिदैछ ।

फिल्मको कथा राजबहादुर सानेको हो जसले गत बर्ष प्रसंसा कमाएको फिल्म बुलाकीको कथा लेखेका थिए । ‘यो मेरोे आफ्नै आमाले भोगेको कथा त्यसैले मा दावीका साथ भन्छु यो कथाले दर्शकको मन जित्ने छ र समाजमा केही न केही परिवर्तन अवश्य गर्नेछ ।’ रिलिज अघि गरिएका विभिन्न च्यारिटी सो पश्चात करिब १० जना बालिकाको बाल विवाह समेत रोकएिको निर्देशक सेन्चुरीले दावी गरेका छन ।

ट्रेलरमा समावेश विभिन्न दृश्यले दर्शकको मन छुन सक्छ । लुक्स वाइज पनि मेकिङ राम्रै देखिएको छ । शायद त्यही भएर पनि होला युट्युबमा दर्शकले यो फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका । तसर्थ हल्ला भए अनुसार फिल्मले कति रुवाला भन्ने  कौतुहल्ता चाँहि उत्पन्न गराईदिएको छ ।  हेर्नुस ट्रेलर