जनै हराएको बाहुन साइन गरेका विजय बरालले कमेडी दरबार छाड्दै : बुधबार अन्तिम सुटिङ (भिडियो)

काठमाण्डौँ । पूर्णबहादुरको सारंगीबाट लोकप्रियताको शिखर चुमेका अभिनेता विजय बरालले प्रसारणरत कमेडी रियालिटी सो कमेडी दरबार छाड्ने भएका छन ।

आइतबार आयोजित पूर्णबहादुरको सारंगीको सक्सेस पार्टीमा न्यूज फिल्मीसँगको एक्सक्लुसिभ कुराकानीमा क्रममा विजयले कमेडी दरबारको जजको पोजिसनबाट विदा लिन लागेको बताएका हुन । (भिडियो अन्र्तवार्ता हेर्नुस ) 

विजयले हिजै मात्र नयाँ फिल्म ‘जनै हराएको बाहुन’मा लिड रोलका लागि साइन गरेका छन यो सँगै सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने बरिष्ठ बलराम खेल्दैछन । सो सके लगत्तै कबड्डी ५ र जारी -२ सहित अन्य फिल्मको पनि चाप रहेका कारण विजयले कमेडी दरबारको सेट छाड्न लागेको बताए ।

बिजयका अनुसार आगामी बुधवार हुन लागेको कमेडी दरबारको तीन एपिसोडको छायाँकन सकेर उनी फिल्मको काममा विजी हुनेछन । विजयले साइन गरेको नयाँ फिल्म जनै हराएको बाहुनलाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन जसमा प्रेम गीत ३ मा प्रदीप खड्काको दाइको भूमिकामा सशक्त अभिनय गरेका अभिनेता मनिष राउतले एसोसिएट निर्देशकको भूमिका निर्वाह गर्दैछन ।

पेपरक्लिप प्रालिले बनाउँन लागेका फिल्मको स्टोरी, स्क्रिनप्ले र डाइलग भानुभक्त ढकालले तयार गरेका छन । नवीन गुरुङले खिच्ने फिल्मलाई सिआर बस्नेत, कमल न्यौपाने, आर।के। मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ ले संयुक्त लगानी गर्दै बनाउँन लागेका हुन ।

यसैगरी विजयले कमेडी दरबारबाट विदा लिने भएपछि कार्यक्रमका निर्देशक विक्की अग्रावालले विजयको विदाईको एपिसोड रोचक बनाउँन लागेको बुझिएको छ ।

हाल सम्म २१ एपिसोड प्रसारण भइसकेको कमेडी दरबारको सम्भवत, थप पाँच वटा एपिसोडमा विजय देखिनेछिन । तशपश्चात बिजयको अनुपस्थिीति नखड्किने गरी निर्देशक विक्कीले नयाँ जज भित्राउने छन । कपाल उमार्न सहयोग गर्ने श्रीकेश तेलको मुख्य प्रायोजनमा प्रसारणरत कमेडी दरबारको यो पहिलो सिजन ५० एपिसोडसम्म प्रसारण हुने तालिका छ ।