एक्टरको हातबाट उम्किएको बार्दली : फिल्म चलाउन निकालियो यस्तो स्किम

अनुप भट्टराई

काठमाण्डौँ । नेपाली फिल्म चल्नका लागि गीतले सवै भन्दा ठूलो महत्त्वपूर्ण भूमिका खेल्छ यो सवैलाई थाहाँ भएको कुरा हो ।

एउटा हिट गीतले फिल्मप्रति दर्शकको चासो कुन रुपमा बढाउँछ र कलाकारको लोकप्रियता कहाँ देखि कहाँ सम्म पुर्याउछ भन्ने उदाहरण शायद दिईरहनु नपर्ला । सयौं उदाहरण छन मार्केटमा । त्यसैले आज हामी एउटा ब्लकबष्टर गीतको रोचक कथा सार्वजनिक गर्दैछौँ । कुरा हो,  यहि माघ १६ गते देखि रिलिज हुन लागेको फिल्म ‘एक्टर -टेक वान’को हातबाट उम्किएको बार्दली गीतको कथा ।

आफ्नी प्रेमिका समेत रहेकी अभिनेत्री आना शर्माले प्रदीप खड्काका साथ खेलेको फिल्म एक्टर -टेक वानको लागि गायक सुशान्त केसीले एउटा प्रोमोश्नल गीत बनाईदिएका थिए । गीतको शीर्षक थियो बार्दली । तर कार्तिक १५ मा आउँने भनिएको एक्टर  अचानक माघ १६ मा सरेपछि सुशान्तले उक्त गीत फिर्ता लिए र आफैले बनाईदिए ।

फलस्वरुप यो बर्षको सर्वाधिक हिट मध्येको एक गीत बन्यो बार्दली । यो गीतको सवै भन्दा हिट लाईन ‘उसको एक झलक मुस्कान अलग मार्यो नि मायाले…’ बालक देखि बृद्धहरुको मुख मुखमा झुन्डियो । गीतका विभिन्न लाइनमा अनेकन टिकट भिडियो बने । गीत यति सम्म हिट भयो कि यो गीतको कारण सुशान्तको उचाई अर्को स्तरमा पुग्न सफल भयो । शायद त्यही भएर होला बार्दलीको लोकप्रियता सँगै सुशान्त केसीका दर्जनौ कन्सर्टहरु तय भएका छन । यहि क्रममा सुशान्तले साढेँ दुई बर्ष पछि आउँदो फाल्गुन २४ गते शनिबार भक्तपुर स्थित सल्लाघारी ग्राउन्डमा भब्य कन्सर्ट गर्दैछन । जहाँ उनले आफ्ना अन्य हिट गीतका साथमा बार्दली गीतको पर्फमेन्स विशेष रुपमा गर्ने तयारी गरेका छन ।

गत  कात्तिक १० मा सार्वजनिक भएको बार्दली गीतलाई यो खबर तयार गरुन्जेल सम्म ३ महिनाको अन्तरालमा ४ करोड ३६ लाख पटक युट्युबमा हेरिएको छ । दैनिक ३ लाखको दरले अझै यो गीतको भ्यूज बढेको बढ्यै छ ।

एक्टरको टिमले उक्त गीतको छायाँकनका लागि सम्पूर्ण तयारी गरिरहेको थियो तर अचानक फिल्मको प्राविधिक पक्ष नसकिएको कारण जनाउँदै रिलिज मिति परिवर्तन भएपछि सुशान्तले ‘तिहार अघिनै यो गीत छाड्नु पर्छ हैन भने म आफै बनाउँछु’ भन्दै एक्टरको टिमलाई उक्त गीत दिन मानेन । 

फलस्वरुप एक्टरको रिलिज सरेको दुई दिन भित्रै सशान्तले यो गीतको सुटिङ गरिदिए र आफ्नै च्यानलबाट सार्वजनिक गरिदिए । ‘उसले कहिले पनि हतार गरेर उसले सुटिङ गर्दैन थियो तर यो गीत तिहार अघिनै उसलाई निकाल्न मन थियो त्यसैले एक्टरको रिलिज सरेपछि सुशान्तले  छोटो समयमा सुटिङ गरेर बाहिर ल्याएको हो । सुशान्तको टिमका एक सदस्यले  न्यूज फिल्मीलाई यसको कथा सुनाएका छन । बताईए अनुसार एक्टरको रिलिज मिति परिवर्तन भए लगत्तै दुई दिनमै सुशान्तले यसको सुटिङ सकेर भिडियो बाहिर ल्याईदिएका हुन । 

नेपाली फिल्म चल्नका लागि महत्वपूर्ण भूमिका गीतले  खेल्ने गर्दछन । यदि गीत बल्क्बष्टर भईदिएमा दर्शक सजिलै हल सम्म आउँने परम्परा देखिएको छ । तर विडम्बना एक्टरको रिलिज मिति सर्दा बार्दली हातबाट उम्किएपछि एक्टर टिमले ठूलो घाटा व्यहोर्नु  पर्यो।

एक्टरबाट आना र प्रदीप खड्का सहित लोकप्रिय अभिनेता दिलिप रायमाझीकी छोरी दिव्याले रजतपटमा पाईला राख्दैछिन । एक्टरको हाल सम्म दुई वटा गीत रिलिज भईसकेका छन तर विडम्बना यि दुई गीत सोचे जस्तो हिट हुन सकिरहेका छैनन । 

 

शायद त्यही भएर होला फिल्मको हाइप बढाउँनका लागि एक्टर टिमले दर्शक समक्ष नयाँ स्किम (कम्पनीले ग्राहक आकर्षित गर्न नयाँ योजना (scheme)  एक्टिङ कन्टेष्ट निकालेको हो।

विहिबार सार्वजनिक गरिएको वत्तव्य अनुसार एक्टिङ कन्टेष्टमा जुन दर्शकको काम राम्रो देखिन्छ ती दर्शकले एक्टरको टिमले बनाउँने नयाँ फिल्ममा अभिनय गर्ने अबसर पाउँने छन ।  एक्टिङ कन्टेष्टमा  सहभागी बन्नका लागि  निम्न लिखित सर्त र दायराहरु उल्लेख गरिएको छ । 

एक्टर’ बन्ने सुनौलो मौका !

माघ १६ गते रिलिज हुने चलचित्र ‘एक्टर: टेक वन’ ले ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ ! विजेतालाई यस चलचित्रको निर्माणले आफ्नो आगामी चलचित्रमा अभिनयको अवसर प्रदान गर्नेछ ।

सहभागी बन्नको लागि:

१. ‘एक्टर: टेक वन’ को टिजर, ट्रेलर, वा गीतहरूको कम्तीमा १ मिनेटको भिडियो बनाउनुहोस्,

२. भिडियो आफ्नो सोसल मिडियामा पोस्ट गर्नुहोस्, र

३. भिडियो पोस्ट गर्दा अनिवार्य रूपमा AKTOR: TAKE ONE को ह्यान्डलहरू फेसबुकमा aktornepalifilm, इन्स्टाग्राममा aktorthefilm र टिकटकमा aktornepalifilm लाई ट्याग/मेन्सन गर्दै #AKTORMAGH16 प्रयोग गर्नुहोस् ।

भिडियो पोस्ट गर्ने समयावधि माघ ३० सम्म मात्र रहेको छ । विजेता घोषणा अभिनेता प्रदिप खड्काबाट हुनेछ ।