रंगीको दोश्रो गीत सार्वजनिक : तर लो बजेटले मार खायो !

काठमाण्डौँ । अभिनेता सलोन बस्नेतले पहिलो पटक निर्माण गरेको फिल्म रंगीको दोश्रो गीत सार्वजनिक भएको छ ।

गीतले बाबा-छोरीबीचको गहिरो माया र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ। भिम विसीको शब्द, संगीत र स्वरमा तयार भएको यो गीतमा रजज्ञा श्रेष्ठको फिमेल भ्वाइस सुन्न सकिन्छ। भिडियो  शिशिर खातीको कोरियोग्राफी बनाईएको हो ।

फिल्मको जनरा अनुसार अडियो मेकिङ राम्रो हो । कथाले मागेको भाव र गहिराईलाई सही ढंगले प्रस्तुत गर्न खोजिएको छ तर विडम्बना जिति लिटर उति किलोमिटर भन्ने उखान लाई यहाँ सम्झिने हो भने बजेटको सीमितताका कारण होला क्यानभास ठूला प्रोडक्सनमा बन्ने फिल्मका गीत जस्तो भव्य  छैन । यसअघि सार्वजनिक भएको गीत र टिजरको भिजुअल क्वालिटीमा पनि यही कुरा झल्किएको थियो।

यसैगरी फिल्ममा सलोनको छोरीका रूपमा देखिएकी बालकलाकार आयुषी ढकाल अलि ठूली देखिएको गुनासो टिजर सार्वजनिक भएपछि  उठिरहेको छ । शायद यो परिस्थिती नेपालमा बाल कलाकारहरुको कमि भएर हुनुका साथै राम्रो अभिनय गर्ने बालकलाकारहरुको झन खडेरी भएर होला सलोनको टिमले आयुषीलाई काष्ट गर्ने बाध्यात्मक निर्णय गरेको ।

फिल्म निर्माणका लागि धेरै बजेट नै सर्वोपरी हैन तर बजेटले पनि एउटा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने  हाम्रो तर्क मात्र हो । तसर्थ अन्यथा नहोस यो माथिका दुई पक्षमा हामीले सामान्य समीक्षा मात्र गरेका हौ नयाँ मेकरलाई हतोत्साही बनाउँन खोजेको हैन  ।

किन कि रंगी एउटा बाल मनोविज्ञानमा मिठो कल्पना सहित निर्माण गरिएको फिल्म बनेको हाम्रो अनुमान छ । अर्को तर्फ बालकलाकार हुँदै अभिनेताका रुपमा समेत लोकप्रिय रहेका सलोन बस्नेतले पहिलो पटक  फिल्म निर्माणमा हात हालेका हुन उनलाई यतिखेर सवैको साथको जरुरी देखिन्छ । यो प्रोजेक्टबाट माथि उठेमा उनी आगमी बर्ष देखि राम्रो निर्माताको रुपमा समेत स्थापित बन्न सक्छन । 

फिल्ममा सलोनको श्रीमतीका रुपमा मिस नेपाल २०२० कि विजेता एवं कमेडी दरबारकी होस्ट नम्रता श्रेष्ठले डेब्यू गर्दै अभिनय गरेकी छिन । यो फिल्मलाई दर्जनौ फिल्ममा सहायक निर्देशक भ्र्य काम गरेका निर्देशक सुरेश न्यौपानको डेब्यू निर्देशनमा तयार गरिएको हो । हेर्नुस गीत