शिल्पालाई ५ करोडको घर दिने सहमति पछि छवि ओझा फिल्म मेकिङमा फर्किदै : मंगलम २ बनाउँने घोषणा

0%

User Rating: 3.7 ( 1 votes)

अनुप भट्टराई

काठमाण्डौँ । अन्तत : पाँच बर्ष देखि चलिरहेको डिभोर्सको कानुनी झमेललाई सहमतिमा टुंगाउँदै निर्माता छवि ओझा फिल्म मेकिङमा फर्किने भएका छन ।

२०७६ साल देखि चलेको डिभोर्सको ईश्यू २०८१ सालमा सहमतिमा टुंगिएको पछि छविले मंगलम– २ निर्माणको घोषणा गरेका हुन । गएको दसै अघि नै भएको सहमाति बमोजिम निर्माता छवि ओझाले पूर्व पत्नी तथा अभिनेत्री शिल्पा पोखरलाई क्षतिपूर्ति बापत काठमाण्डौंको गौरीघाटमा रहेको करिब ५ करोड मुल्य बराबरको दुई तल्ले घर दिएका छन ।

उक्त घर ५ आना जग्गामा बनेको बताईन्छ जसको रिनोभोसनमा करिब ४० लाख खर्चिएर शिल्पा सिफट् समेत भईसकेकी छिन रे ।

पूर्व श्रीमती रेखा थापा जस्तै लागेका कारण १० बर्ष अघि शिल्पालाई छविले लज्जा फिल्मबाट हिरोइनका रुपमा रजतपटमा भित्राए त्यस पश्चात , हवल्दार सुन्तली, किस्मत–२ , र मंगलम बनाईरहदा यि दुईले सुटुक्क विवाह पनि गरे तर यो सम्बन्ध लामो टिक्ट सकेन र फलस्वरुप ५ बर्ष अघि ठूलो कन्ट्रोभर्सीका बावजुत यि दुई अलग्गिने  निर्णयमा पुगेका थिए । 

तसर्थ डिभोर्स लगायतका सम्पूर्ण कानुनी झमेला सकेर छवि ओझा फिल्म मेकिङमा फर्किन लागेका हुन । उनले निर्देशक नवल नेपाललाई दोहोर्याएदै मंगलम -२ बनाउँने घोषणा हिजो आइतबार गरेका हुन ।

२०७४ साल फाल्गुन २५ गते रिलिज भएको मंगलम नवलको पटकथा तथा निर्देशनमा निर्माण भएको सिम्पल व्यूटिफूल फिल्म थियो जसमा शिल्पा सहित, पुष्प खड्का र पृथ्वी राज प्रसाइ मुख्य भूमिकामा थिए ।

बताईए अनुसार मंगलम – २ को लागि लेखिएको ब्लु ड्राफ्ट स्क्रिप्ट मै सहमति जनाएर छवि ओझाले निर्देशक नेपालसँग फिल्म बनाउँने सम्झौता गरेका हुन ।