केटी हराएको सूचानाको दोश्रो ट्रेलर पनि राम्रो तर हिरोइन नै हराइन : फिल्मको हल्ला नै पुगेन

काठमाण्डौँ । यहि माघ ११ गते देखि प्रर्दशनमा आउँन लागेको फिल्म केटी हराएको सूचनाको दोश्रो ट्रेलर निस्किएको छ ।

आईटम डान्स घन्काउँदै तयार गरिएको ट्रेलर अघिल्लो पटकको ट्रेलर जस्तै राम्रो छ । पहिलो ट्रेलर बुद्धी तामाङको न्यारेशनमा रोचक बनेको थियो तर यस पटक खास ट्रेलर निस्किएको हो ।

फिल्ममा नाजिर हुसेनसृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्। यो दुई समुदायको कथा पस्कने प्रयास गरिएको फिल्म हो, जसमा समाजको विभिन्न तह र पात्रहरूलाई समेटिएको छ। तर, शीर्षक जस्तै फिल्मको प्रचारमा हिरोइन सृष्टि श्रेष्ठ हराएकी झैँ देखिएकी छिन्

पछिल्लो पटक आयोजित गीत रिलिज कार्यक्रममा अभिनेता नाजिर हुसेनले व्यस्तताको कारण उपस्थित हुन नसकेको जानकारी एक भिडियो सन्देशमार्फत दिए। तर, सृष्टि श्रेष्ठ भने यसबीचमा कुनै पनि प्रचार कार्यक्रममा सहभागी भएकी छैनन्। न त उनी मिडियामा देखिएकी छन्। यसको कारणले गर्दा फिल्मको प्रचारमा अपेक्षित हल्ला र चासो सिर्जना हुन नसकेको हो।

तसर्थ कलाकारहरु हराउँदा यो फिल्मको हल्ला खल्ला बजारमा पर्याप्त मात्रामा नपुगेको महसुश भएको छ । यो फिल्मको भन्दा ज्यादा हल्ला खल्ला पाँच दिन पछि रिलिज हुने फिल्म एक्टरको छ बरु ।

यस बिषयमा निर्देशक दीपेन्द्र गौचन लगायत प्रोडक्सन टिमले ध्यान दिएको राम्रो । किन कि समय अझै ६ दिन बाँकी छ । हल्ला नचल्दा फिल्म चलाउँन गाह्रो हुन्छ । सकिन्छ भने  कलाकार हराएको सूचना पो निकाल्ने हो कि ? विशेष गरी हिरोइन हराएको सूचना ? हेर्नुस ट्रेलर