काठमाण्डौँ । भर्षटायल एक्टरका रुपमा आफूलाई प्रमाणित गर्दै गएका अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म एक्टर टेक वानको सस्पेन्सले भरिपूर्ण ट्रेलर निस्किएको छ ।
अभिनेता दीलिप रायमाझीको छोरी दिब्याले हिरोइनका रुपमा डेब्यू गरेको यो फिल्म आगामी माघ १६ गते देखि लाग्दैछ जहाँ समानान्तर भूमिकामा अर्की हिरोइन आना शर्मालाई समेत देख्न सकिन्छ । फिल्ममा राज बल्लभ कोइरलाको दमदार ईन्ट्री छ । नव निर्देशकका रुपमा भित्रिएका राजन भुषाल यस फिल्मका निर्देशक हुन जसले फिल्ममा खदिलो गुदि लिएर आएको छनक देखाएका छन ।
ट्रेलर पूर्ण रुपमा सस्पेन्सले भरिएको छ । कथाले के भन्न खोजेको हो त्यो छनक नै पाईदैन । फिल्ममा सस्पेन्स र क्राइम ड्रामाको मेल भएको छ। सुन तस्करीका गतिविधिहरू, दुई हिरोइनहरूसँगको हिरोको सम्बन्ध, र अनेकौं
अप्रत्याशित वा चकित बनाउने मोड र घटनाहरूले ट्रेलरलाई झनै रहस्यमय बनाएको छ । ट्रेलरमा हिरोइनहरुको एउटा पनि डाईलग राखिएको छैन । शायद यो चतुर्याई निर्देशकले फिल्मको सस्पेन्स बढाउनका लागि गरेका हुन । यसैगरी लाष्टमा निर्देशक निश्चल बस्नेतको ईन्ट्रीले पनि कौतुहलता बढाईदिन्छ ।
समग्रमा एक्टरको ट्रेलरको बारेमा भन्नू पर्दा फिल्ममा ठूलो क्यानभास त देखिदैन तर जुनप्रकारले यसको सर्टहरु , डाइलगहरु राखिएको छ त्यो राम्रो छ । यो ट्रेलरलाई नराम्रो भन्न चाँहि मिल्दैन । फिल्म नगरीका दश जना अनुभवी व्यक्तित्वहरुलाई हामीले सोधिहेर्दा उनीहरुले पनि यस्तै प्रकारको जवाफ दिएका छन । सस्पेन्स प्रेजेनटेशननै यो फिल्मको शक्तिशाली पक्ष हो भनेर । उनीहरु भन्छन ‘धैरै बबाल पनि हैन नराम्रो पनि छैन ।’

कतिपयलाई हामीले ट्रेलरको बढी तारिफ गरेर लेख्यौ जस्तो पनि लाग्ला तर हामी यहाँ प्रश्न गर्न चाहन्छौँ नेपाली फिल्ममा कथै भएन , प्रस्तुतीनै भएन , खाली एउटै शैलीका फिल्म बन्छन , केही नयाँ पननै छैन भनेर गुनासो गरिरहने दर्शकका लागि एक्टर टेक वान नयाँ कोसेली हुन सक्छ । किन कि , यसमा त कथा राम्रै छ जस्तो देखिएको छ । सस्पेन्स पनि पक्कै छ । हैन भने दोहोर्याएर हेर्दा हुन्छ एक पटक ट्रेलर फेरी ।
News Filmy Newsportal / Nepal


