दुखी आत्मामा ब्रेकअप कविता पढ्दै दयाहाङ राई

काठमाण्डौँ । टिजरबाट अत्यन्त लोकप्रियता बटुलिरहेको दयाहाङ राईको नयाँ फिल्म दुखी आत्माको ब्रेकअप कविता सार्वजनिक भएको छ ।

आगामी भ्यालेन्टाईन्स डेको अबसर पारेर रिलिज हुने यस फिल्ममा विविध समस्याले पुरुषहरुमा देखिने लिंग उत्तेजनाको समस्या इरेक्टाइल डिसफंक्शन (Erectile Dysfunction – ED) को ईश्यु को ईश्यु रोचक ढंगले देखाउँने प्रयाश गरिएको छ ।

यो फिल्मलाई निर्देशक दीपेन्द्र लामाको आईडिया र निर्देशनमा तयार गरिएको हो जसको मुख्य अभिनेत्रीको भूमिकामा आँचल शर्मा छिन । डिग्री माइलापछि आँचल र दयाको यो दोश्रो सहकार्य हो ।

सार्वजनिक कवितालाई श्रवण मुकारुङले रचेका हुन । मुकारुङ एक समय व्यस्त गीतकारका रुपमा चनिन्थे जो बर्षौ पछि पुनः फिल्म नगरीमा सक्रिय हुँदैछन ।

यो बर्ष उनले लेखेको गाउँ आएको बाटोको गीत राई माइलाले गाउँ छाड्यो निकै हिट भईदियो । दुखी आत्मा सहित आगामी बर्ष उनका रचना दर्जनौ फिल्ममा सुन्न पाईनेछ । सार्वजनिक दुखी आत्माको ब्रेकअप मुडको कवितालाई अभिनेता दयाहाङ राईले आँचललाई सुनाएका छन । हेर्नुस कस्तो छ कविता…