काठमाण्डौँ । विगत २७ बर्षदेखि टेलिभिजनको दुनियामा आफूलाई निरन्तर सक्रिय बनाईरहेका टेलिभिजनकर्मी सुरेश पौडेलको एपिवान टेलिभिजनमा पदोन्नती भएको छ ।
पछिल्लो समय क्रिएटिभ डाइरेक्टरका रुपमा कार्यरत पौडेललाई अन्नपूर्ण मिडिया नेटवर्कले एपि वानकोे आगामी सिईओ (Chief Executive Officer) का रुपमा नियुक्त गर्दै सामुहिक रुपमा बधाई समेत दिएको छ । नेटवर्क अन्र्तगतका अन्य मिडियाका महाप्रवन्धक, प्रधान, सम्पादक, सम्पादक, समाचार प्रमुख तथा स्टेशनहेडले संयुक्त शुभकामना पत्र निकाल्दै उनलाई बधाई दिएका हुन ।
२०५३ साल देखि ६० सम्म नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता भई आफ्नो मिडिया कर्म सुरु गरेका पौडेलले २०६० देखि दश बर्ष कान्तिपुर टेलिभिजनमा सिनियर प्रोड्यूसर र चिफ प्रोड्यूसर भई काम गरेका थिए ।
ततपश्चात पुनः एपिवान, र ६ महिना ग्यालेसी टिभीमा क्रिएटिभ डाईरेक्टर भई पुनः एपिवान फर्किएर क्रिएटिभ डाईरेक्टर भई काम गरेको लामो अनुभव छ उनीसँग ।
अन्तर्वातामा आधारित एक कार्यक्रमका सञ्चालक भई टेलिभिजनको पर्दामा समेत देखिने गरेका पौडेल लोकप्रिय साँगेतिक रियालिटी शो नेपाल आइडलका निर्देशक पनि हुन ।
विश्वकै महंगो पुरस्कार राशी भएको अर्को गायन रियालीटि शो मेरो भ्वाईस युनिर्भस सिजन -२ को निर्देशकका रुपमा समेत अनुबन्ध भई काम गर्ने सुरसार कसेका पौडेलले पदोन्नती कारण उक्त रियालिटी शो को निर्देशनको जिम्मेवारी नलिने निर्णय गरेका छन्।
‘अब, झन जिम्मेवारी बढ्यो त्यसैले मैले उताको कार्यक्रम गर्न नभ्याउँने भए ।’ नियुक्त भएपछि पौडेलले न्यूज फिल्मीलाई प्रतिक्रिया दिदै त्यस्तो भनेका हुन ।
News Filmy Newsportal / Nepal


