फेरी रेशम फिलिलीको रमाईलो गीत सार्वजनिक : सिच्वेशनल गीतमा कोरियोग्राफरको न्याय

काठमाण्डौँ । २०७२ सालको महाभूकम्पको चपेटमा नराम्रोसँग परेको फिल्म रेशम फिलिलीको दोश्रो भाग फेरी रेशम फिलिलीको पहिलो गीत सार्वजनिक भएको छ ।

अभिनेता विनय श्रेष्ठको विदेश जाने सिक्वेन्समा तयार गरिएको गीतले विदेशिने युवाको कथा रमाईलोसँग प्रस्तुत गरेको छ । संगीतकार दीपक शर्माको शब्द तथा संगीतमा तयार गीतको दुवै सिच्वेश्नल छ ।

फिल्मको कथाले जे मागेको हो त्यस्तै गीत बनाईएको छ र दृश्य पनि उस्तै तरिकाले उतारिएको छ । हैन भने कतिपय मेकरले कथाको सिच्वेश्न भूलेर गीतलाई अन्त मोड्ने प्रयाश गर्थे तर यहाँ कोरियोग्राफरले निर्देशकको योजना बमोजिम गीतलाई न्याय दिएका छन । यो टिमको फिल्म मेकिङ सेन्स बलियो रहेछ भन्ने कुरा यहि गीतको कोरियोग्राफीले पुष्टी गराउँछ ।

गीतको अडियो मार्केटमा हिट होला नहोला तर यो फिल्मको गीत जसले भिडियोमा हेर्छ उसलाई गीत मन पर्न सक्छ । अडियो नचल्दैमा फिल्म नचल्ने भन्ने हुँदैन ।

तसर्थ हामी के भन्छौँ भने अडियो मेकिङ स्ट्रक्चर र भिजुअल दुवै दृष्टीकोणबाट यो गीत कथाले माग बमोजिम बनाईएको छ जसले फिल्मलाई न्याय गर्छ । छुटपुट सामान्य कमिमजोरी बाहेक कोरियोग्राफर प्रविण सिंहले हेरु हेरु लाग्ने गरी सिक्वेन्सहरु बुनेका छन जसले गर्दा गीतमा जिवन्तता थपिदिएको हो ।

गीतमा कमेडी च्याम्पियनबाट उदाएका हाँस्य कलाकार मेक्सम गौडल सहित लक्ष्मी गिरी, प्रकाश घिमिरे,शारा अधिकारी, गीता अधिकारी, रमेश अधिकारी लगायतका कलाकारहरुलाई देख्न सकिन्छ । फिल्ममा हिरोइनको रुपमा सुपुष्पा भट्ट खेलेकी छिन तर यो गीतमा उनलाई देखाईएको छैन ।

यस फिल्मलाई रौनक विक्रम कडेलले र उनका साथीहरु सुरज वम ठकुरी तथा एने थापाले निर्माण गरेका हुन जसको निर्देशक निरोज महर्जन हुन । गीतमा डेभिड शंकरको भ्वाईस छ । हेर्नुस गीत