काठमाडौं – दयाहाङ राईको जोडीका रुपमा चर्चित रहेकी अभिनेत्री मिरुना मगरले खेल्न नभ्याएको मल्टीस्टारर फिल्म महाभोज आगमी विहिबार देखि फ्लोरमा जाने भएको छ ।
यो फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, सहित अञ्जना बराईली, मलिका महत र गौमाया गुरुङ प्रमुख भूमिकामा देखिदैछनन । मल्टीस्टारर प्रोजेक्टका रुपमा हेरिएको यो फिल्ममा गौमाया गुरुङ अन्तिम समयमा भित्रिईन जव मिरुनाले यो प्रोजेक्ट गर्न भ्याईनन । सुरुवाती दिनमा मिरुनाले दयाहाङको जोडीका रुपमा यो फिल्ममा खेल्ने सम्झौता भएको थियो तर अन्तिम समयमा उनले साईन गरेको अर्को फिल्म कुस्तीको छायाँकन पनि उस्तै समयमा हुने भएपछि मिरुनले महाभोज छाड्न बाध्य भईन र उनको स्थानमा गौमाया भित्रिएकी हुन ।

आई.एम.सरी, नोभेम्बर रेन, क्लासिक,पर्व, प्रकाश , पुजार सार्कीको निर्देशन पछि निर्देशक दिनेश राउतले निर्देशन गर्न लागेको यो फिल्म उनको आठौं निर्देशन हो । कास्की जिल्ला पोखरा आसपासका विभिन्न ग्रामिण परिवेशमा छायाँकन हुने यो फिल्मको मंगलबार बिहान कमलादि स्थित गणेस्थान मन्दिरमा पूजा आजा गर्दै शुभ साइत गरियो जहाँ फिल्मका सवै मुख्य कलाकारहरुको उपस्थित रहेको थियो । (शुभसाइत यसरी गरिएको थियो हेर्नुस भिडियो)
लिड रोलमा माथि उल्लेख गरिएका कलाकार सहित बसुन्धरा भुषाल, बुद्धी तामाङ, मोहन निरौला, कमलमणी नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, विरेन्द्र सिंह कशवाह लगायतका कलाकारहरु पनि यस फिल्ममा खेल्दैछन । ४५ दिने सेड्यूलमा छायाँकन हुने फिल्मलाई राजेश श्रेष्ठले खिच्नेछन ।
महाभोज क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुँदैछ। यसका निर्माता हिमाल कडरिया हुन्, जसले यसअघि नाङ्गो गाउँ र छिट्टै रिलिज हुने दुखी आत्मा निर्माण गरेका छन । कार्यकारी निर्माताहरू किरण नेपाली र सुदीप ढकाल हुन्। फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्, जसले यसअघि प्रकाश र पुजार सार्की लेखेका थिए।

News Filmy Newsportal / Nepal
