आकर्षक पोष्टर सहित पल शाहको नयाँ फिल्म ‘महाराजधिराज’ निर्माणा घोषणा

काठमाण्डौँ । अभिनेता पल शाहलाई लिएर निर्देशक परिच्छेद सेनले नयाँ फिल्म ‘महाराजधिराज’ बनाउँने घोषणा गरेका छन ।

माघे संक्रान्तीको अवसर पारेर निर्देशक सेन सहितको टिमले आकर्षक पोष्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो । पोस्टरमा पल शाहको दुई भिन्न रूप देख्न सकिन्छ। एक लुकमा उनी राजाको भूमिकामा छन् भने अर्कोमा नग्न अवस्थामा, दूब्लो र किन्नरजस्तो देखिने अनौठो पात्रका रूपमा प्रस्तुत गरिएको छ। पलले पोस्टरलाई आफ्नो फेसबुक टाइमलाइनमा पनि सार्वजनिक गरेका छन्, जसले धेरैको ध्यान खिचेको छ र प्रशंसा बटुलिरहेको छ । 

पोष्टर कन्सेप्ट निकै राम्रो तरिकाले बनाईएको महाराजधिराजको रिलिज आगामी दसैंको फूलपाती भनिएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लिको लगानीमा निर्माण हुन लागेकको यस फिल्मका प्रस्तुतकर्ता विराज बिष्ट हुन् । बिराजले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए भने निर्देशक सेनले ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए ।

फिल्मको अन्य लगानीकर्तामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवी खड्का रहेका रहनेछन ।