काठमाण्डौँ । महाशिवरात्रीको अबसर पारेर प्रर्दशनमा आउँन लागेको पल शाहको नयाँ फिल्म मायावीको गीत रिलिज भएको छ ।
केही बेर अघि सार्वजनिक भएको गीत राम अविरल थापाको शब्दमा बुनिएको छ । गीतमा गायिका रेश्मा पुन र एसडी योगीको संगीत तथा स्वर छ ।
ईन्गेजमेन्ट सेरोमोनीका सिक्वेन्समा तयार गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन । गीतमा पल सहित यस फिल्मकी मुख्य हिरोइन दीपका प्रसाई लगायतका कलाकार फिचर्ड छन । गीतको अडियो केही हद सम्म राम्रो छ तर भिजुअल तर्फ भने प्रोडक्सन भ्यालुमा रिचनेश पुगेको छैन जसरी हिजो रिलिज भएको सलोन बस्नेतको फिल्म रंगीको गीतमा देखिएको थियो । त्यो गीतको अडियो सुन्दर थियो तर दृश्यभाव अलि फिल्मको जस्तो थिएन ठ्याक्कै यो गीतमा पनि त्यस्तै आभाष भईदिएको छ ।
थोरै कोरस भएर हो वा के नमिलेर हो यो गीतको प्रोडक्सन भ्यालु थोरै बजेटमा बन्ने म्यूजिक भिडियोको भन्दा माथि छैन । फिल्म निर्माणमा यसो नगरेको भए हुने । त्यसमाथि पनि फिल्मको गीत निर्माणमा । अझ यस्ता ईभेन्ट ओरेन्टेड सिक्वेन्स भएका गीतको दृश्य भरिलो नै हुनु पर्थियो । यध्यपी भिजुअल जे जस्तो भएपनि अडियो राम्रै हो । फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन । हेर्नुस गीत
News Filmy Newsportal / Nepal