काठमाण्डौँ । मल्टीस्टारर फिल्म ‘पिताम्बर’को धमाकेदार टिजर रिलिज भएको छ ।
कृषा चौलागाईको निर्देशनमा बनेको एक्सन जनराको यो फिल्ममा मल्टीस्टार छन जसको उपस्थिती टिजरमा निकै रोचक तरिकाले देखाईएको छ ।
उच्चक्वालिटीको मेकिङ सहित सार्वजनिक गरिएको टिजरमा प्रदीप खड्का, अनुप विक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, दिव्य देव, प्रमोद अग्रहरी रविन्द्र झा सहित हिरोइन तर्फ सुरक्षा पन्त, सुपुष्पा भट्ट तथा नव नायिका दिव्या रायमाझीलाई देखाईएको छ । (टिजर रिलिज कार्यक्रमको पूरा भिडियो)
अत्यन्त गज्जवको टिजरका साथ दर्शक माँझ आएको पिताम्बरको रिलिज मिति आगामी नयाँ बर्ष २०८२ को छेकोमा चैत्र २९ गते लाई तोकिएको छ । टिजर लाई समीक्षा गर्दा हामी पाँच मा पाँच नम्बर दिन चाहन्छौँ ।
यस फिल्मका निर्माता समेत रहेका पुरुषोत्तम प्रधानको सिनेम्याटिक र्वक, समग्र प्रोडक्सन भ्यालु , टेक्निकल वर्क, एवं कलाकारहरुको फरक फरक लुक्सले यो टिजर हेर्न लायक बनेको हो । एक्सन ईमोशन र केही डाईलग सहित सार्वजनिक टिजरले दर्शकलाई पूर्ण टिज गर्न सक्छ ।
अझ अन्तमा रविन्द्र झाले बोलेको डाईलग कहाँनीमा बहुत , ट्वीष्ट छ, यहाँ त दुईवटा पिताम्बर को एउटै कथा छ भन्ने डाईलगले टिजरमा थप कौतुहल्ता थपिदिएको छ । हेर्नुस पिताम्बरको धमाकेदार टिजर

News Filmy Newsportal / Nepal
