काठमाडौं। नयाँ पुस्ताका हाँस्य कलाकार खड्ग बहादुर पुन ‘खबपु’लाई पुत्र लाभ भएको छ। खबपुकी श्रीमती दिलमायाले शनिबार बिहान पौने ६ बजे थापाथलीस्थित प्रसूति गृहमा छोरालाई जन्म दिएकी हुन्।
२०७२ सालको महाभूकम्प महाभूकम्पको पाँच दिन पछि वैवाहिक जीवन सुरू गरेका खबपु अहिले ३५ वर्षका भएका छन्। उनी कमेडी च्याम्पियन सिजन १ बाट चर्चामा आएका थिए। त्यसपछि उनी नेपाली चलचित्रका निर्माता- निर्देशकहरुको नजरमा परे र लगातार फिल्ममा काम गर्दै आएका छन्।
आज प्राप्त छोरा उनको जिन्दगीको दोश्रो सन्तान हो । उनको पहिलो सन्तानको रुपमा ८ बर्षकी छोरी पनि छिन । छोरीको नाम उपमा राखेका खबपुलाई छोराको नाम चाँहि के राख्नु हुन्छ नि भनेर न्यूज फिल्मीले सोध्दा उनले हाँस्दै भने, “जैसीले न्वारन गरेपछि थाहा हुन्छ।”
खबपुले नाइँ नभन्नू ल ६, घरज्वाइँ र खुश्मा जस्ता फिल्ममा अभिनय गरेर दर्शकको मन जितिसकेका छन्। उनको नयाँ फिल्म बसन्त आगामी चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। यो फिल्म लाई लोकप्रिय गायक प्रकाश सपुतले पहिलो पटक निर्माण र निर्देशन गरेका हुन्। बसन्तको पहिलो गीत पनि आजै सार्वजनिक भएको छ, जहाँ खबपुलाई नाच्दै गरेको देख्न सकिन्छ। हेर्नुस गीत