प्रकाश सपुतले निकाले बसन्तको पहिलो गीत : तर हिरो बनेर निर्देशन गर्न गाह्रो भएको भनाई

काठमाण्डौँ । गायक हुँदै अभिनेताको रुपमा समेत स्थापित हुन खोजेका प्रकाश सपुतको परकल्पना, निर्देशन र मुख्य अभिनयमा बनेको फिल्म बसन्तको पहिलो गीत रिलिज भएको छ ।

आफ्ना विगतका गितमा झै प्रकाशले अन्र्तरजातिय प्रेम कथाको प्रसंग जोडेर यो गीत तयार गरेका छन तर पूर्ण कथा भनेका भनेका छैनन । गीतका शब्द संगीत पनि उनकै हो । पाश्र्व गायनमा उनलाई शान्तिश्री परियारले साथ दिएकी छिन ।

अन्तरजातिय कथामा २०६२ को सेरोफेरोमा प्रकाशले फिल्मको कथा भन्न खोजको गीतबाट बुझन सकिन्छ । फिल्ममा प्रकाश दलितको भूमिकामा छन भने ब्राहम्ण समुदायबाट अभिनेत्री स्वस्तिमा खड्काले मुख्य हिरोइनको भूमिका निर्वाह गरेकी छिन । गीतको उठान र अन्त्य सिनबाटै गरिएको छ जसरी उनले विगतका गीतहरुमा गर्थे । तर फरक चाँहि के हो भने विगतका गीतहरु झै झट्ट सुन्दा बसन्तको यो गीत तुरुन्तै याद हुन गार्हो छ । विशेष गरी हुकलाईन स्ट्रोङ छैन । तर म्यूजिक मेकिङमा उनको ईमान्दार प्रयाश भने यो गीतमा देखिन्छ । (गीत रिलिज कार्यक्रमको भिडियो)

भरिलो क्राउडमा पूराना दिन सम्झाउँने गरी उनले यो गीत बनाएका छन जुन गीत हेर्दा उनको ईमान्दार प्रयाश देखिन्छ । गीतलाई मौसम हिमालीले कोरियोग्राफ गरेका हुन जहाँ स्वस्तिमा र प्रकाशका अलावा प्रभात पाल ठकुरी, श्री शिभान्सी र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन् ।

आफना विगतका गीतहरु झै प्रकाशले फ्यूजन गरेर गीत निकालेको देखिन्छ । आगामी चैत्र २२ गते एस ईईका विद्यार्थीको विदा लक्षित गर्दै बसन्त रिलि जगर्ने निर्णय गरेका प्रकाशले एउटा व्यक्तिले धेरै भार बोकेर फिल्म निर्देशन गर्दा गाह्रो हुने अनुभव सुनाए । गीत रिलिज कार्यक्रममा उनले भने ‘भोलिका दिनमा यदि म आफै लिड रोलमा रहेर लामो भूमिका गर्नु पर्यो भने म निर्देशन चाँहि गर्दिन भाईहरुले गर्लान । गाह्रो हुने रहेछ । हेर्नुस गीत