तेल भिसाले ५१औँ दिनको बेन्चमार्क पार गर्यो : १२ वटा हलमा अझै चल्दै फिल्म

अनुप भट्टराई

काठमाण्डौँ । यो बर्ष रिलिज भएका फिल्महरु मध्ये राम्रा फिल्महरुको सूचीमा पर्न सफल फिल्म तेल भिसाले ५१औँ दिनको यात्रा पार गरेको छ ।

गत मंसिर ७ गते देखि प्रर्दशनमा आएको फिल्मले आज पौष २७ गते रिलिजको ५१औँ दिनको ब्रेन्चमार्क पार गरेको हो । फिल्मले राजधानी र मोफसल गरी १२ वटा हलमा ५१औँ दिनको यात्रा पूरा गरेको हो । यदि तपाईले अझै पनि यो फिल्म हेर्न भ्याउँनु भएको छैन भने राजधानीका क्यू.एफ.एक्स चेन अन्र्तगतका चार वटा हलमा हेर्न सक्नु हुनेछ । क्यू.एफ.एक्सका सिभिल, राईजिङ, भक्तपुर र सिटि स्क्वायरमा फिल्म लागिरहेको छ ।

त्यसैगरी अन्य हल तर्फ वि.एस.आर मुभिज नयाँ बसपार्क, एफ.क्युब सिनेमा चावहिल, रन्जना सिनेप्लेक्स न्यूरोड, वान सिनेमा नयाँ बानेश्वरमा फिल्म हेर्न सक्नुहुनेछ । राजधानी बाहिर मोफसल तर्फ चाँहि फ्रेन्डस सिनेमा धरान, ईलाईट सिनेमा ईटहरी, डि.म्याक्स सिनेमा दमक र सिने रोयल नेपालगन्जमा फिल्म लागिरहेको छ ।

करिब १२ बर्षको अन्तराल पछि फिल्म निर्देशनमा फर्किएका निर्देशक शंकर घिमिरेले बनाएको यस फिल्मले निर्देशक घिमिरको हराएको साख मात्र फिर्ता गरेन यस फिल्मबाट उहिलेका दुई लोकप्रिय अभिनेत्रीहरु पूजा चन्द र ऋचा घिमिरेको सुखद पुनरागमन समेत गराउँन सफल भईदियो । निर्देशक घिमिरेले निर्देशक जति पूरानो भएपनि टिम बलियो भएमा समय सान्दिर्भक राम्रो फिल्म बनाउँन सकिने रहेछ भन्ने कुरा प्रमाणित गरिदिए ।

फिल्मबाट अभिनेत्री पूजा चन्दले सवै भन्दा राम्रो कम्व्याक गर्ने अवसर पाईन । उनको कामको तारिफ चौतर्फी भईदियो । उता ऋचा घिमिरेको दमदार प्रस्तुतीले उनी पुनः फिल्म नगरीमा सक्रिय हुने उर्जा थपिदियो । पूजा चन्दले त, तेल भिसामा गरेको माइलस्टोन पर्फमेन्सका कारण चार वटा नयाँ फिल्मको अफर समेत पाईसकिन । बुझिए अनुसार पूजाले हालै मात्र अमेरिकामा छायाँकन सकिएको स्नो ईज सिङगिङको सुटिङ सकेकी छिन भने फाल्गुन देखि धनकुटा बाट छायाँकनमा जान लागेको एक ठूलो फिचरमा फिल्ममा काम गर्न उनी पुनः नेपाल आउँदैछिन ।

तेल भिसामा विपिन कार्की दोहोरो भूमिकामा खेलेका छन । एकको जोडी बनेर पूजा खेलेकी थिईन भने अर्कोको जोडीका रुपमा अभिनेत्री बर्षा राउतले अभिनय गरेकी थिईन । समीक्षकको नजरमा समेत यस बर्षको राम्रो फिल्मको सूचिमा पर्न सफल भएको तेल भिसाले ५१औँ दिनको बेन्च मार्क पार गर्दा सोचे जति सेल्स भने गरेको छैन यध्यपी लगानी सुरक्षित गरेको अवस्था छ । फिल्मको न्यू मिडिया राईटस, ओभरिसज र नेपालबाट भएको सेल्ससले निर्देशक घिमिरेको लगानी सुरक्षित गरिदिएको अवस्था छ ।

पूर्ण बहादुरको सारंगी ७३ औँ दिनमा :  यसैगरी तेल भिसा अघि रिलिज भएको पूर्णबहादुरको सारंगी पनि अझै हलमा चलिरहेको छ । यो फिल्मले आजको दिन सम्म आईपुग्दा ७३औँ दिनको यात्रा पूरा गर्दैछ । फिल्म अझै दर्जनौ हलमा प्रर्दशनरत छ । दुई दिन पछि ७५औँ दिनको यात्रा गर्ने पूर्णबहादुरको सारंगीले नेपालमा  करिब ५० करोडको सेल्स  गरेर एतिहासिक फिल्म बन्न सफल भएको छ ।