काठमाण्डौँ । आगामी माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर टेक वान’ को जापान प्रिमियरमा अभिनेता प्रदीप खड्का सहभागी हुने भएका छन्।
जापान वितरणको जिम्मेवारी लिएका सञ्चारकर्मी सचिन आचार्यका अनुसार, आगामी फेब्रुअरी ५ तारिख, बुधबार ( माघ २३ गते) टोक्योको नाकानो जेरो हलमा फिल्मको भव्य प्रिमियर हुनेछ।

आचार्यका अनुसार टोक्योको प्रिमियर पछि प्रदीपकै सहभागितामा फेब्रुअरी ८ मा फुकुओका, ९ मा नागोया र १० तारिखमा ओसाकामा पनि फिल्मको शो हुनेछ। यसबाहेक, चिवामा पनि एक शो आयोजना गरिनेछ, जहाँ प्रदीप खड्का प्रत्यक्ष उपस्थित हुने आचार्यले बताएका छन ।
नागोयामा हुने ९ तारिखको शोको नेतृत्व भने श्याम सितलले गर्नेछन्, जसले प्रदीप खड्का र दर्शकको स्वागतका लागि विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरेका छन्।
फिल्मको जापान रिलिज भने नेपालमा प्रदर्शन भएको ठीक ८ दिनपछि हुन लागेको हो ।
News Filmy Newsportal / Nepal