काठमाण्डौँ । आफ्ना हरेक फिल्ममा समाजका कुनै न कुनै ईश्यू उठाउने निर्देशक दीपेन्द्र लामाले बनाएको नयाँ फिल्म दुखी आत्माको टिजर सार्वजनिक भएको छ ।
दयाहाङ राई, आँचल शर्मा, दिया मास्के अनुप विक्रम शाही, बुद्धी तामाङ, शिशिर बाङदेल जस्ता चिरपरिचित कलाकाहरुको मुख्य भूमिका रहेको यो फिल्ममा पनि त्यस्तै गम्भिर मुद्धा उठाईएको छ जसको टिजरले तपाईको ध्यान खिच्न सक्छ ।
विविध समस्याले पुरुषहरुमा देखिने लिंग उत्तेजनाको समस्या इरेक्टाइल डिसफंक्शन (Erectile Dysfunction – ED) को ईश्यु उठाउँदै निर्देशक लामाले यो फिल्मको कथा रोचक शैलीमा भन्न खोजेको देखिन्छ ।
सार्वजनिक टिजरले समाजमा लजालु वा कम चर्चामा रहेका यौन स्वास्थ्य सम्बन्धी समस्यालाई सहज तर मार्मिक ढंगले प्रस्तुत गर्ने प्रयाश मात्र गरेको छैन ईडीका कारण पुरुषहरूले भोग्ने मानसिक र सामाजिक असरबारे दर्शकलाई जागरुक गराउने प्रयास पनि गरेको देखिन्छ ।
आगामी भ्यालेन्टाइन्स डेको अबसर पारेर फाल्गुन २ गते देखि प्रर्दशनमा आउँने यो फिल्ममा हिमाल खड्काले लगानी रहेको छ । हेर्नुस टिजर
News Filmy Newsportal / Nepal