जज ईन्दिरासँग करण परियारले गाएको गीत सार्वजनिक : दुर्लभ अवसरमा यस्तो बन्यो गीत

काठमाण्डौँ । पृथक शैलीको ट्रेलर बनाएर लोकप्रियता बटुलिरहेको फिल्म केटी हराएको सूचनाको रोमान्टिक नम्बरको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा नेपाल आइडल सिजन ५ का विजेता करण परियारले नेपाल आइडलकै जज ईन्दिरा जोशीसँगै गीत गाउँने दुर्लभ अवसर पनि पाएका छन ।

आइडल विजेता भएपछि करणले पहिलो पटक बुलाकी फिल्मका लागि गायिका अनु चौधरीसँग गीत गाएका थिए तसपश्चात नेपाली फिल्मका लागि करणको यो दोश्रो पाश्र्व गायन हो । यो अवसर अत्यन्त दुर्लभ हो किन कि जो व्यक्ति कुनै प्रतिष्पर्धाबाट सर्वोत्कृष्ट भएर विजेता बन्छ उही ब्यक्तिले दर्शकका लागि आफ्नै निर्णायक सँग युगल गीत गाएर आफ्नो प्रतिभा बाहिर ल्याउनु  संसारकै दुर्लभ नजितामा पर्दछ ।

आगामी माघ ११ गते देखि प्रर्दशनमा आउँने केटी हराएको सूचनामा नाजिर हुसेन र सृष्टी श्रेष्ठ मुख्य भूमिकामा छन । सार्वजनिक गीतमा नाजिर र सृष्टी प्रेमिल जोडीका रुपमा देखिएका छन । भिजुअल दृष्टीकोणमा ठीकठाक रहेको गीतको अडियो भने सुन्दर छ । गीतको शब्द र संगीत करुण थापाले तयार गरेका हुन । कोरियोग्राफी भने रामजी लामिछानेको हो ।

झण्डै तीन दशक देखि नेपाली फिल्मका गीतहरुमा शब्द कोर्ने गीतकार करुणको यो पहिलो साँगितिक डेब्यू हो । उनले पहिलो पटक शब्द सँगै संगीत पनि तयार गर्दै आफूलाई संगीतकारका रुपमा अघि सारेका हुन । ३२ बर्ष अघिको लोकप्रिय डकुड्रामा उजेलीका निर्देशक दीपेन्द्र गौचनले यो फिल्मको निर्देशन गरेका हुन ।

करणले आफ्नै निर्णयक गुरु ईन्दिरा जोशीसँग गाएको गीत सुन्दा सरल र मिठासपूर्ण छ तर , उच्च नोटमा गाउन उनलाई केही कठिनाइ भएको महसुस हुन्छ। यस्तो अवस्थामा उनले फाल्सेटो प्रविधि अपनाएका छन्, जुन पुरुष गायकहरूले आफ्नो प्राकृतिक स्वरको दायरा भन्दा माथि उच्च स्वर गाउन प्रयोग गर्ने शैली हो। हेर्नुहोस गीत