काठमाण्डौँ । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँन प्रमुख भूमिका खेलेका निर्देशक दीपक रौनियारले निर्देशन गरेको नयाँ फिल्म ‘पूजा सर : राजागंज’ को पोस्टर सार्वजनिक भएको छ।
मुख्य कलाकारहरू दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डकलाई समेटिएको पोस्टरमा दयाहाङ प्रहरी एसपीको पोशाकमा, विशेष घटनाका लागि तयार अवस्थामा देखिएका छन्। फिल्म आगामी चैत १ गते (मार्च १४, २०२५) देखि प्रदर्शनमा आउँदैछ।
सार्वजनिक पोष्टरमा देखिएका बाहेक यस फिल्ममा ऋचा शर्मा, पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल र पुष्पा यादव लगायतको कलाकारहरुलाई पनि देख्न सकिन्छ ।
यस फिल्मका निर्माता ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङ हुन्।
News Filmy Newsportal / Nepal