कार्साङका दयाहाङले सुनाए झाक्रीको कथा

काठमाडौं। फिल्म ‘कार्साङ’ले सांस्कृतिक र पारिवारिक कथामा आधारित भावुक कथा प्रस्तुत गर्दै दर्शकको मन छुने अपेक्षा गरिएको छ।

आर्थिक रूपमा कमजोर पात्रको भूमिकामा रहेका दयाहाङ राईले फिल्ममा झाँक्री विद्याको अनुभव अनौठो रहेको बताए। “आगोमा नाच्नुपर्ने सिन थियो। मन्त्रले आगोको राप कम हुने हौसलाले सफल भएँ,” उनले स्मरण गरे।

निर्देशक यम शेर्पाले फिल्मको कथा बलियो भएको र दर्शकलाई भावुक र हसाउन सक्ने बताएका छन्। “दयाहाङ, दिया मास्के, जितु नेपाल, र सिर्जना निङलेखुको अभिनयले फिल्मलाई सशक्त बनाएको छ,” उनले भने।

कलाकार जितु नेपालले फिल्मको कथा र अभिनय दुवै उत्कृष्ट रहेको बताए। पोस्टरले चासो बढाएको भन्दै उनले आफ्नो भूमिकालाई लिएर धेरैले प्रश्न गरेको जनाए। नायिका सिर्जना निङलेखुले ‘कार्साङ’ आफ्नो पहिलो फिल्म भएको र दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्।

पुस २६ मा रिलिज हुने यो फिल्म ग्रामीण परिवेश र शेर्पा समुदायको सांस्कृतिक कथामा आधारित छ। ‘कार्साङ’मा दयाहाङ, सिर्जना, जितु, बुद्धि तामाङ लगायत कलाकारको अभिनय छ। 

https://youtu.be/g1sML8y5yIk?si=YfPC-Cv7jery7TtG