काठमाडौं । अभिनेता सलोन बस्नेतले बनाएको फिल्म ‘रंगी’ को टिजर सार्वजनिक भएको छ। १ मिनेट ३५ सेकेन्डको टिजरमा बाबु (सलोन) र छोरी (आयुषी) को प्रेम र संघर्षको कथा देखाइएको छ।
फिल्ममा फुड डेलिभरी ब्वाई बनेका सलोनले छोरीका लागि गरेको संघर्ष, हेरचाह, र कारुणिक क्षणहरूले टिजरलाई भावनात्मक बनाएको छ। नम्रता श्रेष्ठसँगको सम्बन्धले पनि रोचकता थपेको छ।
सुरेश न्यौपानेको डेब्यू निर्देशनमा बनेको फिल्म फागुन २ गते देखि प्रदर्शनमा आउनेछ। सलोनको पहिलो निर्माण रहेको यो फिल्ममा सलोन, नम्रता श्रेष्ठ, दिलीप रायमाझी र आयुषी ढकालको मुख्य भूमिका छ। समग्रमा टिजरको समीक्षा गर्ने हो भने यो फिल्म राम्रो बनेको अनुमान लगाउन सकिने ठाउँ थुप्रे देखिन्छ । हेर्नुहोस टिजर