काठमाण्डौँ । एतिहासिक व्यापार गरिरहेको फिल्म पूर्णबहादुरको सारंगीकी अभिनेत्री अञ्जना बराइलीको नयाँ फिल्म डोरीको शुभ मूहूर्त भएको छ ।
बिहिबार ललितपुरको झम्सिखेल स्थित युला सरस्वती मन्दिरमा क्यामेरा र स्क्रिप्टको पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । आगामी आईतबार देखि छायाँकनमा जाने फिल्मलाई अरुण लामाले निर्देशन गर्नेछन ।
फिल्ममा अञ्जनाका अलावा प्रविण खतिवडा, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, र कविता आलो, सज्जन श्रेष्ठ तथा नूतन लगायतका कलाकार देखिनेछन । दिनेश भट्टराई र राज थापा को संयुक्त लगानी रहने यो फिल्ममा राजनराज सिवाकोटीको, सौरभ लामाको सिनेमाटोग्राफी र राजु तामाङको एक्सन निर्देशन रहनेछ ।

मुहूर्त समारोहमा निर्देशक अरुण लामाले फिल्मको नामको गहिराइ र अर्थबारे व्याख्या गरे । उनले भने, “डोरी नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्छ । यो फिल्मका पात्रहरू आ-आफ्ना तरिकाले बाँधिएका छन् । कोही जिम्मेवारीको डोरीले, कोही समस्याको डोरीले, र कोही मायाको डोरीले । फिल्मको अङ्ग्रेजी शीर्षक ‘DORII’ को फुलफर्म ‘Discovery Of Realism In Inquisitiveness’ हो । यसले वास्तविकताको खोज र रहस्यलाई उजागर गर्दछ ।”
अञ्जनाको हातमा फिल्मनै फिल्म

पूर्णबहादुरको सारंगीमा बाटुलीको भूमिका निर्वाह गरेसँगै थप चर्चा बटुलेकी हिरोइन अञ्जना बराइलीको हातमा फिल्मको लाइन लागेकोछ । यध्यपी उनले डोरीको छायाँकन सके लगत्तै पूजार सार्की निर्देशक दिनेश राउतको नयाँ फिल्म गाउँ रमाइलो खेल्दैछन । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार सुरुवाती चरणमा गाउँनै रमाइलो राखेर फिल्म निर्देशन गर्न लागेका निर्देशक दिनेश राउतले फिल्मको टाइटलमा केही परिवर्तन गर्दै गाउँ रमाईलो राखेका हुन जसमा अञ्जनासँग पुनः काम गर्दैछन उनले ।
News Filmy Newsportal / Nepal