काठमाण्डौँ । कार्तिक ३० गते देखि प्रर्दशनमा आउँने फिल्म ‘ह्रस्व दीर्घ’को टिमले उच्च प्रोडक्सन भ्यालु सहित फिल्मको टिजर निकालेको छ ।
फूलपातिको अवसरमा यूनिटले निकालेको टिजरमा नेपाल सहित भारतका लोकप्रिय कलाकारहरुको उपस्थिती देखिदा टिजर थप रोचक पनि बनिदिएको छ ।
सार्वजनिक टिजरमा क्यामेरा वर्क, एडिटिङ, साउन्ड सहित कलाकारहरुको प्रेजेन्टेशनलाई आकर्षक ढंगमा तयार गरेको देखिन्छ । मुख्यत फिल्मको प्रोडक्सनमा कम्रमाईज नगरेको टिजरले देखाएको छ ।
हरिहर अधिकारी र नीता ढुंगानाको वरीपरि कथा घुमेको यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन । नेपाली र भोजपुरी गरि आधा दर्जन जति फिल्म निर्देशन गरिसकेका चन्द्रले हाल सम्म निर्देशन गरेको यो नै सवै भन्दा उच्चकोटीको फिल्म बनेको देखिएको छ । हेर्नुस टिजर