एक्टरको रोमान्टिक गीत रिलिज

काठमाण्डौँ ।  हलमा तीन फिल्मको महाभिडन्त चलिरहेका बेला प्रदीप खड्काको फिल्म एक्टरको पहिलो गीत युट्यूबमा रिलिज भएको छ ।

फूलपातिको अवसर पारेर एक्टर यूनिटले आज फिल्मको रोमान्टिक नम्बर गीत रिलिज गरेको हो । आगामी कार्तिक १५ गते लक्ष्मी पूजाको दिनलाई रिलिज लक्ष्य राखिएको फिल्मको गीतमा प्रदीप संग नव अभिनेत्री दिव्या रायमाझी फिचर्ड छिन ।

 

पहिलो प्रयाशमा दिव्याले आफ्नो प्रस्तुतीमा राम्रो छनक देखाएको देखिन्छ । एलिश कार्कीको संगीतमा निर्मित गीतमा सनिश श्रेष्ठ र प्रिति कौरको स्टाईलिष्ट भोकल छ । भिडियोलाई शिशिर खातीले कोरियोग्राफ गरेका हुन । समग्रमा हेर्दा जनरा अनुसार यो गीतको अडियो र भिडियो मेकिङ दुवै दृष्टीकोणबाट राम्रो बनाउँने प्रयाश गरिएको छ ।

हेर्नुहोस यस्तो बनेको छ गीत ।