यस पछि दीपक जीतु र समिरको नयाँ फिल्म यस्तो हुने : अनमोल र दीपक एउटै फिल्ममा

काठमाण्डौँ । हुन त यो खवर पूर्ण रुपमा फाइनल भईसकेको छैन तर न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार फूलपातिमा एकै साथ भिड्न लागेका छक्का पञ्जा ५, ज्वाइँ साब र १२ गाउँका तिन अभिनेताको नयाँ फिल्मको बारेमा आज हामी केही चर्चा गर्दैछौँ

प्राप्त जानकारी अनुसार दीपक राज गिरीले निर्माता रोहित अधिकारीको अपकमिङ फिल्ममा अनमोल केसीका साथ लिड रोलमा खेल्ने बिषयमा ग्रिन सिग्नल दिईसकेका छन भने जीतु नेपालले निर्देशक केपी पाठकले बनाउँन लागेको फिल्म घटवारेमा मुख्य भूमिकामा निर्वाह गर्दैछन। यस बिषयमा जीतु र केपीको पनि एक चरण छलफल भई प्रोजेक्ट अघि बढाउँने कुरामा मौखिक सहमति भैसकेको छ  रे ।

यसैगरी नव अभिनेता समीर भट्टलाई निर्देशक तुलसी घिमिरेले आफ्नो नयाँ फिल्म पहाडमा अनुबन्ध गराउँन कसरत गरिरहेका छन ।

दीपकले खेल्ने नेक्सट फिल्मको निर्देशन गणेश देव पाण्डेले गर्नेछन । जसमा रोहित सहित कोरियोग्राफर समेत रहेकी निर्देशक रेनाशा बान्तवा राई र हल संचालक समेत रहेका लुट फिल्मका नरेन्द्र महर्जन प्रोड्यूसरको रुपमा देखिनेछ । 

यसैगरी जीतु नेपालले खेल्ने घटवारेलाई अन्तर्राष्ट्रिय फेस्टिवलमा प्रतिष्पर्धा गराउँने गरी केपी पाठकले फिल्मको स्क्रिप्ट तयार समेत गरिसकेका छन । केपी पाठक त्यस्ता व्यक्तित्व हुन जसले बर्षेनि नेपालमा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (NIFF) लाई भब्यताका साथ आयोजना गर्दै आईरहेका छन ।

समिरको हकमा भने निर्देशक तुलसी घिमिरेले न्यूज फिल्मीलाई स्वयम भनेका छन ‘पहाडमा समिर जस्तै अभिनेताको खाचो छ त्यसैले उनलाई लिने बिषयमा मैले करिब करिब सोचिसकेको छु ।’

बर्षकै ठूलो प्रतिष्पर्धाका रुपमा आगामी फूलपाति देखि प्रर्दशनमा आउँन लागेका छक्का पञ्जा ५, ज्वाइँ साब र १२ गाउँको टिकट बुकिङ खुलिसकेको छ । अनलाईनमा देखिएको बुकिङ हेर्दा यि तिनै फिल्मले दशैमा राम्रो व्यापार गर्ने संकेत देखाईरहेका छन । 

QFX को चेनमा  फिल्म हेर्ने भए यो लिंकमा थिची तपाईले फिल्मको बुकिङ गर्न सक्नु हुन्छ । https://www.qfxcinemas.com/