काठमाण्डौँ । हिजो देखि रिलिज भएको फिल्म बेहुली फ्रम मेघौली पाईरेसीको मारमा परेको छ ।
फिल्मका अधिकाँश दृश्यहरु यतिखेर टिकटकमा भाइरल छन । यति सम्मकी भ्यूज पाउँने लोभमा केही गैर जिम्मेवार दर्शकले फिल्मको क्लाइमेक्सको महत्वपूर्ण सिन समेत टिकटकमा अपलोड गरिदिएका छन । शंकर पौडेल नामक एउटा एकाउन्टमा त ३ मिनेट सम्मको क्लाईमेक्सको क्लिप राखिएको छ ।
टिकटकमा फिल्मको पाइरेसी बढेसँगै बेहुली फ्रम मेघौली यूनिट चिन्तित छ । उता चलचित्र बिकास बोर्डले भने यहि कुराको महसुश गर्दै दर्शकलाई फिल्मको मुख्य – मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल पाईरेसी नगर्न एक सूचना मार्फत चेतावनी समेत दिएको छ । बोर्डले जारी गरेको ध्यानकर्षण सूचना अनुसार फिल्मको पाइरेसी गर्नेलाई प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली,२०६१ अनुसार कारबाही गर्ने उल्लेख गरेको छ ।
बलियो वर्ड अफ माउथका साथ करिब ८० लाख अल नेपाल सुखद ओपनिङ गरेको बेहुली फ्रम मेघौलीले आज दोश्रो दिन पनि प्रसंसनीय व्यापार गरिरहेको छ । फिल्म हेर्ने प्राय सवैले क्लाईमेक्स अत्यन्त बलियो भनेर समीक्षा गरिरहेका छन तर विडम्बना टिकटक चलाउँने गैर जिम्मेवार दर्शकले भने यस फिल्मको क्लाईमेक्स नै बाहिर ल्याईदिएका छन यतिखेर ।