काठमाण्डौँ । ट्रेलर राम्रो निकालेपछि फिल्म ज्वाइँ साब यूनिटलाई सुखद प्रतिक्रिया मिल्न थालेको छ ।
दर्शक त छदैछन तर फिल्मकर्मीले पनि यो फिल्मको ट्रेलरलाई हार्दिकताका साथ आफ्नो सामाजिक सञ्जालको टाइमलाईनमा शेयर गरेपछि ज्वाइँ साब यूनिट अहिले दंग छ ।
ज्वाइँ साबको ट्रेलरलाई अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी, पूजा शर्मा देखि बरिष्ठ हाँस्य अभिनेता हरिबंश आचार्य सहित निर्देशक प्रदीप भट्टराई सम्मले रमाईलो मान्दै शेयर गरेका छन ।
अघिल्लो पटक निस्किएको टिजर भन्दा बेटर निकालिएको ज्वाइँ साबको ट्रेलरमा रोचक रोचक सिन राखिएको छ जसले गर्दा दर्शकहरुमा यो फिल्म हेर्ने उत्साह बढेको देखिन्छ ।
फिल्म असोज २४ गते फूलपातिका दिन देखि छक्का पञ्जा ५ र १२ गाउँसँगै प्रर्दशनमा आउँदैछ । हेर्नुस ट्रेलर