काठमाण्डौँ । ९७औँ अस्कर अवार्डका लागि नेपालको तर्फबाट मीन भाम निर्देशित फिल्म शाम्बाला आधिकारिक रुपमा सिफारिस भएको छ ।
द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने फिल्मको रुपमा ‘शाम्बाला’लाई छनोट गरिएको समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यस्तै अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल) ले दिएको जानकारी अनुसार यस वर्ष अस्कर प्रतिस्पर्धाका लागि प्राप्त एक मात्र आवेदन ‘शाम्बाला’को मात्र परेको थियो जस अनुरुप फिल्मको प्राविधिक पक्ष, कथानक प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक बुनोट मा शाम्बाला उत्कृष्ट ठहरिएका कारण अस्कर अवार्ड लागि छनौट गरिएको हो ।
अस्कर अवार्डको आगामी संस्करण आगामी मार्च ३ तारिखका दिन अमेरिकाको लस एन्जलसमा हुँदैछ । शाम्बाला भने यतिखेर नेपालमा सवै हलमा प्रर्दशन भईरहेको पनि छ ।