काठमाण्डौँ । दुई बर्ष अघि विवाह बन्धनमा बाधिएका लोकप्रिय कलाकार बुद्धी तामाङलाई पुत्र लाभ भएको छ ।
बुद्धीकी श्रीमती अनुले शुक्रबार बिहान ९ बजे पहिलो सन्तानका रुपमा छोरालाई जन्मदिएकी हुन । “बच्चा हेल्दी छ तर अझै भेट्न पाईएको छैन अहिले आईसियुमै राखिएको छ । शायद दिउँसो १ बजे तिर भेट्न पाईन्छ होला ।” शनिबार बिहान नर्भिक हस्पिटलबाट न्यूज फिल्मी सँग कुरा गर्दै बुद्धीले जानकारी दिएका छन ।
उमेरले ४१ बर्ष लागिसकेका बुद्धीले दुई बर्ष अघि २०७९ साल असोज ७ गते मकवानपुरकी अनु थिङसँग मागी विवाह गरेका थिए ।
News Filmy Newsportal / Nepal