छक्का पञ्जाको नयाँ गीत भाइरल : समीक्षाको एकाउन्टमा झन हिट

काठमाण्डौँ । गत  बुधबार बेलुकी रिलिज भएको छक्का पञ्जा ५ को नयाँ गीत छोटो समयमा भाइरल भएको छ ।

बाबुल गिरीले बनाएको ब्रेकअप सङ यति धेरै हिट भईरहेको छ कि यो गीतले टिकटकमा आतंक मच्चाउने निश्चित छ अब । गीत रिलिजको दुई दिनमै हजारौको संख्यामा टिकटक भिडियो बनेका छन । विशेष गरी गीतका शब्द शब्दले दर्शकको ध्यान ज्यादा तानेको देखिन्छ । कलियुगमा मानिस धोखाधडीबाट पिडित छन । उनीहरुले यो गीतबाट आफ्नो फ्रष्टेशन पोख्ने मौका पाईरहेका छन । अझ मायामा पिडित हुने हर कोहीले यो गीत मन पराउँने अवस्था प्रवल छ ।

त्यसकारणले पनि होला सोसाइटीमा परिचित व्यक्ति देखि व्यवसाय गर्ने अन्टरप्रनर सम्मले यो गीतका विभिन्न टुक्रामा टिकटक भिडियो बनाएको भेटिएको छ । गायिका समीक्षा अधिकारीले त दुई वटा टुक्रामा टिकटक बनाएकी छिन ।

 

सुरुमा बनाएको मेल भर्सन तलाई दया माया नभएको निष्ठुरीले पाओस मलाई धोखा दिने तेरो माया गोलखाडी जाओसको भिडियोमा ६ लाख भ्यूज देखिएको छ भने दीपाश्रीले गाएको लाईन तलाई संसारको कोही केटीले मन नपराओस, मलाई अनेक थरी भन्ने मुखमा किरै परिजाओसमा निर्मित भिडियोमा १२ लाख भ्यूज नाघिसकेको छ ।

समिक्षाको सेकेन्ड टिकटकको लाईनमा मात्रै २७ हजार भन्दा बढी अन्य भिडियो बनेको देखिन्छ । यसैगरी चलेका कलाकारहरु सागर लम्साल बले, भरतमणी पौडेल,किरण केसी, अभिनेत्री गरिमा शर्मा देखि शेयर मार्केटका खेलाडी दीपेन्द्र अग्रवाल, टिकटकर अंशुबर्मा,  डाक्टर अच्युत किरण अधिकारी सहित २३ लाख फलोअर्स भएकी Nunkwin एकाउन्ट चलाउने एक महिला व्यवसायी देखि उमेरले झण्डै ६० जस्तो देखिने व्यवसायी नवराज श्रेष्ठ सम्मले सराप्दै छक्का पञ्जाको नयाँ गीतमा टिकटक भिडियो बनाएका छन ।