काठमाण्डौँ । आगामी असोज १७ गते घटस्थापनाको दिन देखि प्रर्दशनमा आउन लागेको स्वस्तिमा खड्काको फिल्म बेहुली फ्रम मेघौलीको टिजर सार्वजनिक भएको छ ।
शनिबार बिहान ठीक सात बजेको साइतमा अनलाईन दर्शककका लागि टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो । यो टिजर गत हप्ता देखिनै सिनेमा हलमा भने देखाईदै आईएको थियो ।
सर्सर्ती हेर्दा टिजर निकै आकर्षक बनेको छ । समासामायिक बिषय बस्तुलाई रोचक ढंगमा देखाउँने प्रयाश स्वस्तिमाको टिमले गरेको देख्दा हामीलाई लाग्छ आउँने दशैको भिडन्त थप रोचक बन्ने निश्चित छ । यो टिजरले दर्शकको ध्यान खिच्न सक्ने समाथ्र्य पूरा राखेको छ । अहिलेलाई हेरिहालौँ टिजर बाँकी समीक्षा अर्को समाचारमा ।
News Filmy Newsportal / Nepal