काठमाण्डौँ । पल शाहको भ्वाईस डेलिभरीलाई अझै वजनदार बनाएको भए र पल शाहको दुई पात्र मध्यको फेसियल हेयर लुक्स वाला पात्रको मेकअपमा अलिकति थप फिनिसिङ र शरिर पनि अझै बोल्ड बनाएर देखाईदिएको भए रावायणको ट्रेलरमा खोट लगाउँने ठाउँ रत्तिभर भेटिने थिएन होला ।
खैर केही छैन । अब जे हुनु भईसक्यो । यि दुई पक्षमा देखिएको सामान्य कमीकमजोरीलाई नजरअन्दाज गर्ने हो रावायणको ट्रेलरले बक्स अफिसमा धमाकेदार रिजल्ट ल्याउने सम्भावना देखाउँछ । एक्सन, ईमोशन, रिभेन्ज , डाईलग भरपुर देखिएको ट्रेलरमा पल शाहको विविध लुक्स आकर्षणको अर्को राम्रो पक्ष पनि बनिदिएको छ ।
भोलिका दिनमा फिल्मको कथाले दर्शकलाई कुन हद सम्म बाध्ने हो त्यो रिलिज पछि छर्लङ्ग हुनेनै छ तर आज निक्लिएको ट्रेलर हेरेर हामी के चाँहि निर्धक्क भएर भन्दछौँ भने सुर्दशन थापाले नेपाली फिल्मको मेकिङमा नयाँ पन दिदैछन ।
भदौँ २१ गते देखि प्रर्दशनमा आउँने यस फिल्ममा पूजा शर्मा पत्रकारको भूमिकामा देखिएकी छिन । प्रियंका कार्की मुस्मिल युवतीको रोलमा छिन । प्रमोद अग्रहरी, प्रकाश शाह लगायतका पात्र र भिलेन पर्फमेन्स प्रसंनसनीय छ ।
वार्म ग्रन्जी लुक्समा फिल्मको दृश्य भाषा गज्जव देखिएको छ । साउन्ड एडिटिङ लगायत अन्य पक्ष प्रसंसनीय लागिरहदा समग्रमा ट्रेलर कटिङ र मेकिङ वाउ लाग्दछन । हेर्नुस ट्रेलर
News Filmy Newsportal / Nepal