काठमाण्डौँ । फिल्म नगरीमा कमर्शियल मोडलका फिल्महरुको चर्चा चुलिरहेका बेला अर्को तिर सिम्पल क्यानभासमा बनेका रियालिष्टिक फिल्महरुको चर्चा पनि बजारमा बढ्न जरुरी छ ।
कमर्शियलको भिडमा बर एण्ड बधु, रावायण, बेहुली फ्रम मेघौली, छक्का पञ्जा, ज्वाइँ साब, १२ गाउँ लगायत देखिएका छन भने अर्को तिर सब्जेक्टलाई प्राथामिकता दिएर बनाईको खुश्मा, सानो संसार, देवि र आज रिलिज भएको आँखाको टिजर पर्दछ ।

हामीले आँखालाई कर्मशियल हैन भनेर भन्न खोजेका हैनौ । विल्कुल हैन । तर फिल्म नगरीमा बारम्बार बोलिने चलन चल्तीको भाषामा भन्नु पर्दा चलेका स्टार कलाकारहरुलाई लिएर ईनिशियिल बिजनेश गर्ने गरी ठूलो प्रोडक्सनका साथ फर्मुला शैलीमा बनाईको फिल्मलाई कर्मशियल भन्ने गरिन्छ तसर्थ , यो फर्मुला भन्दा बाहिर रहेर आज रिलिज भएको आँखाको टिजर हेर्दा लाग्न सक्छ एउटा त्यस्तो सुन्दर सृजना फिल्म नगरीले पाईरहेको छ ।
यस्ता कोटीका फिल्मले बजारमा मनग्गे व्यापार गर्लान नगर्लान त्यो अलग पाटो तर जति गर्छन त्यो प्रसंसनीय मान्नु पर्दछ । फिल्मले देशलाई , परिवेशलाई समेत अन्र्तराष्ट्रिय स्तरमा चिनाउँन मद्धत गर्दछ । बर्षेनि एकेडेमी अवार्डमा खुल्ने फारममा यस्तै प्रकृतिका फिल्महरु सिफारिसमा पर्ने गर्दछन जसले माटो सुहाउँदो कहाँनी भन्दछ ।
राजधानीमा व्याप्त रहेको स्लम स्टोरीलाई आँखाले रोचक शैलीमा उठाउँने प्रयाश गरेको देखिन्छ । जौन योञ्जनको निर्देशनमा बनेको फिल्म आउँदो असोज ११ गते देखि प्रर्दशनमा आउँदैछ जहाँ समिता लामिछाने आरके मेहता सहित चिरपरिचित अनुहारहरु सरोज खनाल, निशा अधिकारी, बुद्धी तामाङ, रविन्द्र झा, पशुपति राई, बिजय बराल, प्रविन खतिवडा, राजन खतिवडा, लगायतलाई देख्न सकिन्छ । टिजरमा लेखिए अनुसार यो फिल्ममा स्लम एरियाको वास्तविक कहाँनी छ । हेर्नुस टिजर
News Filmy Newsportal / Nepal