प्रदीपको पाँच अवतारमा एक्टरको फर्स्टलुक पोष्टर रिलिज : तर अरु कलाकार गायब

काठमाण्डौँ । अभिनेता दीलिप रायमाझीकी छोरी दिब्याले प्रदीप खड्कासँग डेब्यू गर्न लागेको फिल्म एक्टरको फर्स्टलुक पोष्टर रिलिज भएको छ ।

लक्ष्मी पूजाको अवसर पारेर आगमी कात्तिक १५ गते देखि प्रर्दशनमा आउँने फिल्मको फर्स्टलुकमा प्रदीपको पाँच अवतार देखाईको छ । निर्माता थमन कुमार भण्डारीले जारी गरेको पोष्टरमा समावेश तस्बिर मध्ये सवै भन्दा ठूलो साईजमा रिभेन्ज मुडमा प्रदीप घाइते देखिएका छन भने क्रमश पाईलट, नेपाली बाबु र अन्य दुईमा सामान्य युवकको भूमिकामा देखिएका छन ।

राजन भुषालको डेब्यू निर्देशनमा तयार भएको एक्टरमा दीलिपकी छोरी दिब्या सहित हिरोइन आना शर्माले पनि प्रमुख भूमिकामा निर्वाह गरेका छन तर जारी पोष्टरमा यि हिरोइनहरु लाई निर्माण पक्षले कही कतै समावेश गरेको देखिएन । टेक वान भन्दै सार्वजनिक भएको फिल्मको पहिलो झलक यस्तो छ