काठमाण्डौँ । पछिल्लो समय नयाँ फिल्म साईन हत्तपत्त राजी हुन छाडेका अभिनेता दयाहाङ राईले पिताम्बर फिल्म साइन गरेका छन ।
कृषा चौलागाईको निर्देशनमा बन्न लागेको फिल्ममा दया अनुबन्ध भएसँगै यो फिल्म मल्टीस्टार प्रोजेक्ट बनिदिएको छ । यस अघि यो प्रोजेक्टमा सौगात मल्ल, प्रदीप खड्का, आर्यन सिग्देल , आँचल शर्मा, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्य देव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, जस्ता लोकप्रिय कलाकारहरु जोडिसकेका छन ।
करियरको सुरुवाती चरणमा आज भन्दा ठीक १५ बर्ष अघि मेरो एउटा साथी छ र ११ बर्ष अघि छवि ओझाको लोफर भन्ने फिल्ममा दया र आर्यनले सँगै काम गरेका थिए त्यस पछि उनीहरुको तेश्रो सहकार्य हुँदैछ यो प्रोजेक्टमा । मेरो एउटा साथी छ मा सँगै अभिनय गर्दा आर्यन लिड रोलमा थिए भने अहिलेका सवै भन्दा व्यस्त अभिनेता दया सानो रोलमा कोरस समेत भएर देखिएका थिए ।

यसैगरी चल्तीका स्टार प्रदीपसँग पनि दयाको पहिलो सहकार्य हुने भएको छ । सौगात मल्ल सँग चाँहि उनको दासढुंगा देखिकै सहकार्य हो जुन निरन्तर छ ।
बताईए अनुसार हालै मात्र छायाँकन सकिएको कार्साङ फिल्मको सेटमा यस फिल्मका निर्माता समेत रहेका क्यामेरापर्सन पुरुषोत्तम प्रधानले स्क्रिप्ट हेर्न अनुरोध गरेसँगै पिताम्बर खेल्न दया राजी भएका हुन ।
तर यस फिल्ममा दयाको रोल के कस्तो हुनेछ भनेर अहिलेनै सार्वजनिक गरिसकेको अवस्था भने छैन यूनिले । यस्तै दया र आर्यनलाई लिएर निर्देशक दिनेश राउतले गाउँनै रमाइलो नामक फिल्म बनाउँने भनेर घोषणा गरेता पनि हाल त्यो प्रोजेक्टको काम अघि बढिरहेको छैन ।
पिताम्बर निर्माण यूनिटका अनुसार दयाहाङ फाइनल भएसँगै फिल्मको छायाँकन केही हप्तामै सुरु हुँदैछ ।

News Filmy Newsportal / Nepal
