ओभरसिजबाट मात्रै ३ करोड उठाउँदै छक्का पञ्जा ५ : माल्दिभसमा पनि घुम्टो उघारिदियो

काठमाण्डौँ । फिल्म नगरीमा भाग्य होस दीपकराज गिरीको टिमको जस्तो । जसको मिहिनेत अनुसार रिजल्ट मात्र हैन महारिजल्ट आउँने गर्दछ ।

किन कि अघिल्लो बर्ष ओभरसिज राईटबाट झण्डै १ करोड ९० लाख उठाएको टिमले यो बर्ष थप १ करोड उठाउँदै तीन करोडको ओभरसिज मार्केट बनाउँन सफल भईदिएको छ ।

यो लिष्टमा अष्ट्रेलियाको लागि देव कार्की, गगन गिरी, र शितलको टिमले सवै भन्दा ठूलो बायर भएर फिल्म किनेका छन भने अमेरिका र क्यानेडाको राईट लिदै प्याट्रिक सुवेदीको कम्पनी नेपाल ईलाभेन ईन्टरटेन्मेन्ट सेकेण्ड हाईएष्ट बायर बन्न सफल भएको छ । यि दुई टिमले ३ देशका लागि करिब डेढ करोडको आसपासमा आमा सरस्वती मुभिजसँग प्रर्दशन सम्झौता गरेका छन ।

यसैगरी तेश्रो ठूलो बायरको रुपमा मिडल ईष्टबाट रमेश ढकालको कम्पनी नेपा फिल्मस पर्दछ र जापानबाट सुभास लामिछाने परेका छन । रमेशले यस पटक मिडल ईष्ट बाहेक एसियाली टपु मुलुक माल्दिभसमा पनि पहिलो पटक नेपाली प्रर्दशन गर्ने गरी छक्का पञ्जा ५ को अधिकार खरिद गरेका छन ।

“यो नेपाली फिल्म उद्योगका लागि खुसीको खबर हो किन कि माल्दिभसमा नेपाली फिल्मले बल्ल घुम्टो उघार्ने मौका पाएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयको तथ्याङ्क अनुसार कामदार भिषामा मात्र त्यहाँ नेपालीको संख्या ५ हजार माथि नाघिसकेको छ । मिडल ईष्टका १८ देश मध्ये मलेसिया, युएइ, कतार र कुवेत, बहराईन ओमान बाहेक अन्य देशमा फिल्म रिलिज गर्न नसकिएपनि हामीले यस पटक माल्दिभस फोकस गरेका हौँ हेरौँ कतिको सफलता मिल्छ ।”  वितरक रमेश ढकालको भनाई छ ।

यसैगरी छक्का पञ्जा टिमका एक सदस्य भन्छन “यस पटक हामीले बोलपत्र आह्वान गरेर जसले रिलिज गर्न चाहेको छ उसको विगतको काम हेरेर मात्र निर्णय गरेका हौँ । नत्र आँखा चिम्लिएर फिल्म किन्नेहरुको लाइन थियो यस पटक । जति पैसा माग्दा पनि दिन तयार थिए तर हामीले त्यसो गरेनौँ । किन कि सवै व्यक्ति बाच्नु पर्छ । पैसा आयो भन्दैमा बजार छ भनेर मख्ख परेनौ । त्यसैले सम्पूर्ण पक्षको अध्ययन गरेर मात्र यसपालि हामीले ओभरसिजको राईट विक्री गरेका हौँ ।” 

बताए अनुसार छक्का पञ्जा ५ को यूरोप प्रर्दशन अधिकार राजमान तामाङले किनेका छन भने आजै मात्र हङकङका लागि सुर्जन गुरुङ र सिंगापुरका लागि धिरज गुरुङले फिल्मको प्रर्दशन अधिकार किनेका छन । यी बाहेक अन्य मुलुकका लागि पनि फिल्म किन्ने सम्झौता करिब करिब फाईनल गरिसकेको अवस्था छ रे छक्का पञ्जा टिमको ।