सेन्सेटिभ कन्टेन्टमा देविको ट्रेलर : शिल्पाको एफोर्ट कायमै

काठमाण्डौँ । अभिनेत्री शिल्पा मास्केले राम्रो अभिनय गर्दा गर्दै पनि ठूलो एक्सपोजर अझै पाईरहेकी छैनन् । बरु यहाँ फिल्म नगरीमा सामान्य अभिनय गर्ने हिरोइनहरुको हातमा फिल्मको लाम छ । भ्याई नभ्याई छ । कुन गर्ने र कुन छाड्ने दुविधामा छन हिरोइनहरु । तर शिल्पा मास्केको हकमा ठीक विपरित छ यो कथा । शिल्पाको मिहिनेत प्रसंसा योग्य छ तर उनकै हकमा प्रोजेक्टको कमी छ ।

जेहोस शिल्पाले आफ्ना हातमा कम प्रोजेक्ट भएतापनि मिहिनेत भने गर्न छाडेकी छैनन । उनको एफोर्ट अझै बढिरहेको छ । हलिउडका दुई ठूला फिल्म डक्टर स्ट्रेन्ज र मिसन ईम्पोसिवलमा एक्सट्रा आर्टिष्ट भएर देखाएको पर्फमेन्स होस वा बलिउडको अक्षय कुमारको गोल्डमा एक्सट्रा डान्सर भएर गरेको पर्फमेन्स उनी निरन्तर लागिरहेकी छिन ।

उनले ब्रेकअप भन्ने नेपाली फिल्मबाट डेब्यू गरिन । जुन चलेन । त्यस पश्चात कागजपत्र र सानो मन पनि बक्स अफिसमा खासै चलेनन । कठपुतलीमा एउटा महत्वपूर्ण तर प्रसंनसनीय भूमिका गरिन तर उनको कामलाई मिडियाले खासै नोटिस गरेनन ।

त्यस पश्चात लाईफ ईन एल ए भन्ने फिल्म आयो त्यो पनि आया राम गयाराम भयो बक्स अफिसमा । विपिन कार्की बृद्ध टिचर भएर खेलेको फिल्म फुलबारीमा एउटा जिम्मेवार छोरी भएर उनले अर्को काम देखाईन   फिल्म केही हद सम्म चलेतापनि लोकप्रिय कलकारहरुको ठूलो जमात भईदिएका कारण यो प्रोजेक्टमा पनि उनी छायाँमा परिन ।

त्यस पश्चात शिल्पाको लिड रोलमा परस्त्री नामक जसले बक्स अफिसमा खासै सफलता हासिल गरेन तर पनि शिल्पा थाकिनन । यहि सेरोफेरोमा शिल्पाले परस्त्री अघिनै कोभिडका बेला खेलेको फिल्म देवि यतिखेर रिलिजका लागि तयार भएको छ । जुन फिल्म तीजको अवसर पारेर आउँने भदौँ २१ गते देखि बजारमा आउँदैछ ।

सेन्सेटिभ कन्टेन्टमा शिल्पाको यो फिल्मले नेपालमा दिनहु बढिरहेको रेप स्टोरी र त्यसको रिभेन्जको कथालाई प्रस्तुत गरेको छ । अन्य कर्मशिल फिल्मको ट्रेलर माथि अनेकन रिभ्यू गरिएता पनि यस्ता सेन्सेटिभ कन्टेन्टले समाजलाई अर्लट गर्न सिकाउँछ जसकारण यो ट्रेलर माथि समीक्षा गर्नु भन्दा सम्पूर्ण फिल्म प्रेमीहरुले समर्थन गर्नु पर्ने हुन्छ ।

अन्र्तराष्ट्रिय स्तरमा लोकप्रियता हासिल गरेका फोटोग्राफर संजोग राईले पहिलो पटक निर्देशन गरेको यो फिल्मले बजारमा जेजस्तो कमर्शियल रिजल्ट निकालेतापनि फिल्म नगरीमा एउटा दस्तावेज पस्किने उनको प्रयासलाई हामीले स्वीकार्नै पर्दछ । हेर्नुहोस ट्रेलर