माईथोलोजीमा आधारित नेवारी फिल्म लाखे आजुको ट्रेलर रिलिज : स्पेशल स्क्रिनिङमै चर्चा

काठमाण्डौँ । लाखेको जन्म कसरी भयो । लाखे भनेको के हो । यि लगायत किम्बदन्ती एवं माईथोलोजीमा आधारित नेवारी फिल्म लाखे आजुको ट्रेलर रिलिज भएको छ ।

गाईजात्राको अवसर पारेर निर्माताहरु गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय र नरेन्द्र महर्जनले फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन । फिल्ममा अशिष्मा नकर्मी मुख्य अभिनेत्रीका रुपमा खेलेकी छिन भने सोहित मानन्धर लाखेको प्रमुख भूमिकामा देखिएका छन ।

अर्यम नकर्मीले निर्देशन गरेको यो फिल्मको केही दिन अघि काठमाण्डौँमा स्पेशल स्क्रिनिङ समेत गरिएको थियो जहाँ फिल्मलाई लिएर अधिकाँश कलाकार एवं नेवारी समुदायका ब्यक्तित्वहरुले मुक्त कण्ठले प्रसंसा गरेका थिए ।

विशेष गरी नेवारी संस्कृतिलाई उचाईमा पुयाउन फिल्मले उठाएको सब्जेक्ट र सोही अनुसारको स्टोरी टेलिङले लाखे के हो भन्ने बारे स्पष्ट पार्ने थप स्पष्ट पार्ने उपस्थित व्यक्तित्वहरुले दावी गरेका छन ।

धेरै जसो ब्यक्तित्वहरुले त हाल सम्म बनेका नेवारी फिल्महरु मध्येकै एक उत्कृष्ट फिल्मका रुपमा लाखे आजु रहेको दावी पनि गरेका छन ।

 यस्तै निर्माता गोपाल काजी कायस्थले यो फिल्मलाई नेपाली भाषामा समेत डविङ गरि एक साथ दुवै भाषामा प्रर्दशन गर्ने योजना रहेको बताएका छन । हेर्नुहोस ट्रेलर