काठमाण्डौँ । एउटा कोल्ड ड्रिङ्कको विज्ञापन छ नि डरको अघि जीत छ । हो त्यस्तै साहसका साथ अभिनेता विराज भट्टले आफ्नो छोराको करिअरलाई दाउमा राखेर नयाँ फिल्मको टिजर ल्याएका छन ।
दाउ यसर्थमा कि दशैको महाभिडन्तका बाबजुत पनि उनले छोरा समीरको पहिलो फिल्म रिलिज गर्ने हिम्मत गरेका छन । जसरी उनले बर्षौ पहिले खेलेको हिम्मत फिल्मको जस्तै ।
हुन त समीरलाई विराजले आफ्नो ब्यानरबाट भन्दा पनि सन्तोष सेन जस्ता राम्रा मेकरले बनाउँन लागेको बलिदानबाट डेब्यू गराएको भए राम्रो हुने थियो तर यतिखेर विराजको कानमा कसले के फुकिरहेको छ खै त्यो हामीले पनि बुझन सकिरहेका छैनौ ।
विराज आफैले निर्देशन गरेको दोश्रो फिल्म १२ गाउँको टिजर पूर्ण रुपमा एक्सन प्रधान देखिएको छ । जहाँ बाउ छोराको एक्सन दृश्य पनि छ तर छुट्टा छुट्टै । टिजर भनेको टिज गर्नु हो । यानिकी दर्शकलाई जिस्काएर फिल्म हेरु हेरु लाग्ने बनाउनु हो तर विराजले टिजरलाई अपेक्षित रुपमा निकाल्न नसकेको हो कि भन्ने निस्कर्ष हाम्रो रहेको छ ।
नयाँ हिरो , त्यसमाथि विराज भट्ट जस्ता एक्सन स्टारका छोराको पहिलो फिल्मको टिजरमा जे-जे एलिमेन्टस राखिनु पथ्र्यो त्यो नै छैन । साउथ ईन्डियन फिल्मको ह्याङओभरमा रहि रहने नेपाली फिल्मका दर्शकलाई यो टिजरमा देखाईएको फाइट कुनै नौलो नलाग्न सक्छ । समय धेरै परिवर्तन भईसक्यो विराज दाई । तपाईको छोरा फिल्म नगरीका लागि हिरा हुन । सफल हिरो हुने क्वालिटी पूर्ण रुपमा उनीमा देखिन्छ त्यसैले उनलाई साधारण तरिकाले प्रस्तुत नगरौँ । प्रोड्यूसरको भरपर्दो एसेटका रुपमा उनलाई अघि बढाऔँ ।
यध्यपी समिरका स्वागतका लागी दर्शकले युट्वबमा तारिफका बर्षा भने गरिदिईरहेका छन । यो विराज प्रतिको माया हो अनि समिर प्रतिको न्यानो स्वागत । यो अशिर्वाद हो समीरका लागि तर छोराले प्राप्त गरिरहेको आशिर्वादालाई बुवा विराजले सम्हाल्न नसक्लान कि भन्ने जोखिम त्यतिकै बढेको छ ।
विराजले यस अघि औषत श्रेणीमा रहेर सांङलो भन्ने फिल्म बनाएका थिए जसले बक्स अफिसमा अपेक्षित कमाल मच्चाउन सकेको थिएन । यतिखेर उनले बनाएको १२ गाउँ सांङलो भन्दा केही उच्चकोटीको अवश्य बनेको जस्तो देखिन्छ तर यतिले पुग्दैन ।
जनरा अनुसार फिल्मको समग्र प्रोडक्सन भ्यालु उच्चकोटीको देखिनै पर्छ । बरु यो टिजरमा बुवा छोराले एक अर्का प्रति गरेको फाइटलाई भरपुर देखाएको भए पनि एउटा हेर्न लायक टिजर निस्कियो भनेर सन्तोष गर्ने ठाउँ रहन्थ्यो तर विराजले त्यस्तो किन गरेनन वा जानेनन हामी सोच्न बाध्य भएका छौँ ।
कृपया टिजर जे जस्तो आएपनि ट्रेलर धमाकेदार आउछ भन्ने अपेक्षा अझै राखिरहेका छौँ हामीले । नरिसाउनु होला ।
News Filmy Newsportal / Nepal